Khabarpato logo

         

खेलकुद

आज नेपाल-बंगलादेश भिड्दै : नेपाललाई हार्न नपाउने दबाब

खबरदाता

खबरदाता

आज नेपाल-बंगलादेश भिड्दै : नेपाललाई हार्न नपाउने दबाब

नेपाल, बंगलादेश र किर्गिस्तानको त्रिदेशीय कप फुटबलअन्तर्गत आज नेपाल र बंगलादेशबीच भिडन्त हुँदै छ  । नेपालको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बंलादेशविरुद्धको आजको खेल फाइनल प्रवेशका लागि धेरै महत्त्वपूर्ण रहेको छ ।

आजको खेलमा बंगलादेशसँग कम्तीमा बराबरी खेले मात्र  नेपालको फाइनल प्रवेशको ढोका खुल्नेछ । बंलादेशले भने किर्गिस्तानलाई १-० गोलले पराजित गरी फाइनलका लागि स्थान सुरक्षित गरिसकेको छ । तर, नेपालले आफ्नो पहिलो किर्गिस्तानसँगको खेलमा दर्जनौँ अवसर खेर फाल्दै गोलरहित बराबरी खेलेको थियो ।

आजको खेलमा बंलादेशले २ गोल अन्तरले जितेको खण्डमा भने नेपालको फाइनल यात्रा यहीँ समाप्त हुनेछ । किर्गिस्तानविरुद्धको खेलमा फितलो खेल प्रदर्शन गरेको नेपालले किर्गिस्तानका कप्तानले रेड कार्ड पाएर मैदानबाट बाहिरिए पनि त्यसको फाइदा उठाउन नसक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपरेको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको यस त्रिदेशीय कप फुटबल खेलमा नेपाल र बंलादेशका सिनियर राष्ट्रिय टोलीहरू मैदानमा उत्रिएका भए पनि  किर्गिस्तानको भने अन्डर- २३ टोली सहभागी भएको छ ।

अहिलेसम्म बंलादेशले ३ अंंक जोडेको छ भने नेपाल र किर्गिस्तानले १/१ अंंक मात्र प्राप्त गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …