Khabarpato logo

         

सं‌सार

रोकिएन म्यान्मारको सेनाको तण्डव : एकै दिन ११५ बढीको ज्यान गयो

एजेन्सी

एजेन्सी

रोकिएन म्यान्मारको सेनाको तण्डव : एकै दिन ११५ बढीको ज्यान गयो

म्यान्मारको सेनाको दमनले सीमा नाघेको छ । 

गत फेब्रुअरीमा 'कू'मार्फत सत्ता हातमा लिएको सेनाको कृत्यपछि चर्किएको प्रदर्शनका क्रममा शनिबार मात्र सुरक्षाकर्मीको गोलीबाट ११५ जनाभन्दा बढी मारिएका जनाइएको छ । २० जनाभन्दा बढी बालबालिका मारिएको स्थानीय संचार माध्यमलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । 'कू'पछि हालसम्म मारिनेको संख्या ४०० नाघेको छ ।

सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै सेना प्रमुख मीन ह्यालिङले देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएका भए पनि चुनावको मितिबारे उनले केही उल्लेख नगरेको जनाइएको छ । 

सैन्य शासक जुन्ताले शनिबार राजधानी नेइपिडअमा ७६औँ सशस्त्र फौज दिवस मनाउँदै गर्दा प्रदर्शनकारीहरूले सैनिक तानाशाहीविरुद्धको दिवस भन्दै प्रदर्शन चर्काएका थिए । त्यसै क्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले शहरमा सुरक्षाकर्मीले दमन गरेको थियो । 

म्यान्डले सहरमा मात्र १३ वर्षीया किशोरीसहित कम्तीमा ४० जनाको ज्यान गएको समाचार छ । त्यस्तै, यांगुनमा २७ जना मारिएका छन् । अन्य शहरहरूबाट पनि थुप्रै हताहतीका खबर प्राप्त भएका छन् ।

सेनाले गत १ फेब्रुअरीमा सत्ता कब्जा गरेपछि आङ सान सु कीसहित एनएलडीका दर्जनौँ नेताहरूलाई पक्राउ गरिएको थियो भने लोकतन्त्र पक्षधरहरूले लगातार आन्दोलन गरिरहेका छन् । उनीहरूले देशका प्रमुख शहरहरूमा दिनहुँजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय दबाबस्वरूप अमेरिका, बेलायत, क्यानडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सैनिक नेतृत्वमाथि प्रतिबन्ध घोषणा गरिसकेका छन् । उनिहरूले सेनाले जननिर्वाचित सरकार बहाली गरी पक्राउ परेका लोकतन्त्र पक्षधर नेताहरूलाई बिनासर्त रिहा गर्न आग्रह गरेका छन्  ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…