Khabarpato logo

         

अर्थ/वाणिज्य

अरुण भ्याली हाइड्रोले हकप्रद शेयर निश्कासन गर्ने मिति ताेक्यो

खबरदाता

खबरदाता

अरुण भ्याली हाइड्रोले हकप्रद शेयर निश्कासन गर्ने मिति ताेक्यो

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो ६ वैशाख २०७८ देखि कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १०:५ प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने भएको छ । 

कम्पनीले विद्यामान चुक्ता पुँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँको ५० प्रतिशत अर्थात् ५२ लाख ४१ हजार १९७ कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित दरले  हकप्रद निश्कासन गर्नेछ ।

कम्पनीको बुक क्लोजभन्दा अघि अर्थात् ९ चैतभन्दा अघि शेयर किनेका शेयरधनीहरूले हकप्रदका लागि आउँदो २६ वैशाखमा बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ । काठमाडौँको थापाथलीस्थित ट्रेड टावरमा रहेको अरुण भ्याली हाइड्रोपावरको कम्पनी, हात्तीसारस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका शाखाहरू तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन् । त्यस्तै, सीडीएससी एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरोशेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…