Khabarpato logo

कला/साहित्य

उज्यालो

अश्रु सिन्धुलीय

अश्रु सिन्धुलीय

उज्यालो

सर्वत्र हाहाकार छ तर कतै उज्यालो छैन
निस्तब्ध, अन्धकार र हाहाकार छ तर कतै राहत छैन
एउटा भयानक अन्धकारले सर्वत्र ढाकेको छ
तर कतै त्यसको उज्यालोको गन्ध पनि छैन ।

भयानक स्तब्धताले वाणी पाएको छैन
भयानक हाहाकारले मौनता पाएको छैन
मौनताले एउटा शब्द बोल्न पनि पाएको छैन
शब्द स्वयं कुँजिएर वाणी बन्न सकेको छैन ।

स्वयं आतङ्क डराएर लुक्न गएको छ
आतङ्क डराएर आतङ्कित हुनु परेको छ
राज्य आतङ्क सायद त्यही हुनुपर्छ
आतङ्क स्वयं आतङ्कबाट जोगिन सहारा खोज्दै छ ।

रहर होइन, बाध्यता होइन र विवशता पनि होइन
जसको धर्म नै होइन, कर्म नै होइन र संस्कृति नै होइन
त्यसैलाई संपूर्ण धर्म, कर्म र संस्कृतिको जिम्मा दिएपछि
त्यहाँ आतङ्कबाहेक केको राज्य सम्भव छ त ?

अनुभव सम्भवतः स्वयं एउटा सहारा हो 
आतङ्कबाट मुक्ति पाउने तर..
निर्भयता मात्र मुक्तिको रामबाण हुन सक्छ
निर्भयता मात्र उज्यालोको द्योतक हुन सक्दो रहेछ ।

उज्यालोको खोजीमा हिँड्नेहरूलाई अन्धकारले छेक्न सक्दैन
अन्धकारको खेती गर्नेहरूले पनि उज्यालोलाई छेक्न सक्दैनन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि