Khabarpato logo

कला/साहित्य

प्रश्न

कमला मुस्कान

कमला मुस्कान

प्रश्न

त्यो रात ढल्दै गरेको समय
चन्द्रमा फरक्क पृथ्वीतिर फर्किएर
फिस्स हाँसेको बेला
धमिलो किरण, चखिलो चेतना 
बोकेको अधवैेँसे मानिस 
सुनसान त्यो सानो कोठाभित्र 
एक पुष्ट शरीर बोकेर
पलङमाथि लमतन्न देखियो ।

उसले
निद्राको महासागरमा
डुबुल्की खेल्दै
कहिले दायाँ त कहिले बायाँ
कोल्टो फेर्दै
अर्द्धमुदित आँखाका परेलीहरू च्यातेर
बेलाबखत पल्याकपुलुक
कोठा वरिपरि
आँखाका नानीहरू नचाउन थाल्यो ।

अस्पष्ट क्यानभास
बगरे बालुवाद्वारा निर्मित
एक अमूर्त कालो छायाझैँ देखिने तस्वीर
कोकाकोला र फ्यान्टाझैँ
दुरुस्त स्वरूपमा परिवर्तित देखियो ।

पुरुषका आँखा टोलाउँदै गए
झनझन् ती नजरहरू
आकृति वरिपरि नाच्न थाले
रातको दोस्रो प्रहर
अनि एकोहोरो हेराइ
मादक, केवल मादक देखियो ।

कताकता हल्लिएझैँ
चलेझैँ, कोठा वरिपरि नाचेझैँ 
अनि फुर्तीका साथ
घुमीघुमी कुनै कुरा खोजेझैँ
तस्वीर, आकृतिबाट छाया
र, छायाबाट अतिसुन्दर महिलामा
परिवर्तन भयो । 

अञ्जान स्त्री
छापामार शैलीले
वल्लो छेउ र पल्लो छेउ
डुलिरहेको दृश्य
अकल्पनीय भएपछि
अर्धचेतन मुद्रामा
उत्तेजित हुँदै लोलाएको स्वरले
'तिमी को हौ माया ?
अँध्यारो रातमा
यो कसको छाया ?
आँखा तिर्मिराएजस्तो
मीठो प्रेम छाएजस्तो
केके आशा राखीकन
मेरो नजिक आएजस्तो'
भनी उसले
राताराता आँखा पार्दै 
नजानिँदो भाकामा 
एक पछि अर्को प्रश्न गर्न थाल्यो ।

'वेदनामा हाँस्ने मान्छे
पीडामा नि बाँच्ने मान्छे
अनेक पिर खपीकन
आँसुमा नि नाच्ने मान्छे
पेटमा बोकी हुर्काउने
भुँडी चिरी जन्माउने
चोर औँला समाएर
जमिन सारा डुलाउने'
भन्दै
त्यो सुन्दर आकृति
गम्भीर निद्राले भुस
पुरुषको अनुहारमा
पल्याकपुलुक हेर्दै 
फ्रिजकोे चिसो पानी
दायाँ हातले छ्यापेर
दाह्रा किट्दै भन्न थाल्यो
- 'उठ पाजी ! बिहानको आठ बज्यो
हा..हा...हा....!'

'कुन मैया सम्झिएर सुतेको थिस् आज ल भन्
अब आमालाई तेरी प्यारी देख्न थालिस् होइन ?'
रिसले आगो भएकी आमाले
कन्सिरी उखेल्दै प्रश्न गरिन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि