Khabarpato logo

         

कला/साहित्य

१ हजार डलर राशिको कविता प्रतियोगिता, दोस्रो र तेस्रोलाई ५०० र ३०० डलर

खबरदाता

खबरदाता

१ हजार डलर राशिको कविता प्रतियोगिता, दोस्रो र तेस्रोलाई ५०० र ३०० डलर

देशबाहिर छरिएर रहेका नेपाली युवाहरूको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही १ मे अर्थात् आगामी १८ वैशाखमा आयोजना हुँदै छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले संयुक्त रूपमा पहिलो पटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन् । प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् । प्रतियोगितामा नेपाली भाषाको कवितामा पहिलो हुने १ जनालाई १ हजार डलरको पुरस्कार प्रदान गरिनेछ । यसैगरी दोस्रो हुनेलाई ५०० र तेस्रोलाई ३०० डलर पुरस्कार प्रदान गरिनेछ । यस्तै, अंग्रेजी भाषामा लेखिएको उत्कृष्ठ १ कवितालाई २०० डलर पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता आयोजनाका लागि एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अनेसासले अनेसासका महासचिव एवं एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले यसअघि सार्वजनिक सूचना आह्वान गरी प्रतियोगितामा सहभागिताका लागि युवा सर्जकहरूलाई कविता माग गरेको थियो । सोहीअनुसार गत २५ जनवरीभित्र प्राप्त भएका कवितालाई प्रतियोगितामा सहभागी गराइने आयोजक समितिका संयोजक साहित्यकार वाग्लेले जानकारी दिए । 

'प्रवासमा रहेका बालबालिकालाई नेपाली भाषा, साहित्य तथा संस्कृति र नेपाली माटोको पहिचान तथा माया जगाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको हो', संयोजक वाग्लेको भनाइ छ ।
 
एनआरएनएका पूर्वकोषाध्यक्षसमेत रहेका एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले २ संस्थाले सहकार्य गरेर पहिलो पटक यस्तो साहित्यिक र सिर्जनात्मक प्रतियोगिता गर्न लागिएको जानकारी दिए । थापाका अनुसार भर्चुअल (जुम) प्रविधिमार्फत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनेछन् । यसैगरी दोस्रो पुस्ताका एनआरएन साहित्यकारहरू, देशभित्र र प्रवासका नेपाली वरिष्ठ साहित्यकारहरूसहित एनआरएनए र अनेसासका पदाधिकारीहरूसमेत सहभागी हुनेछन् ।
 
'यस कविता प्रतियोगिताले अनेसास र एनआरएनए प्रवासमा नेपाली भाषा, साहित्यको बिस्तार र समृद्धिमा  नेपाल प्रज्ञाप्रतिष्ठानको सहयोगमा अगाडि सँगै जान सक्ने मार्ग प्रशस्तसमेत गरेको छ', अनेसास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले भने । 

प्रतियोगिताका लागि विश्वभर छरिएर रहेका नयाँ पुस्ताका नेपाली मूलका सर्जकहरूको रचना प्राप्त भएको छ, जसमध्ये निर्णायक समितिले नेपाली भाषाका उत्कृष्ट १० वटा कविता छनोट गर्नेछ भने ३ वटा कविता अंग्रेजी भाषाबाट छानिनेछ । छानिएका यिनै रचनाका सर्जकहरूलाई प्रतियोगितामा आआफ्ना कविता प्रत्यक्ष वाचन गराइनेछ । 

यसरी वाचन गरिएकामध्ये उत्कृष्ट ३ वटा नेपाली र एउटा अंग्रेजी भाषाको कवितालाई निर्णायकहरूले विजेता घोषित गर्नेछन् ।  वरिष्ठ कवि बैरागी काइँला मुख्य निर्णायक रहने प्रतियोगितामा नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल र डा. विन्दु शर्मा निर्णायक छन् । अंग्रेजी कविताको निर्णायकमा साहित्यकार महेश पौडेल छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…