Khabarpato logo

         

राजनीति

प्रदेश १ का मन्त्री आङ्बुहाङको मन्त्री पद चट् !

खबरदाता

खबरदाता

प्रदेश १ का मन्त्री आङ्बुहाङको मन्त्री पद चट् !

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि 'ठूलो भाग' पाउने लोभमा सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)मा प्रवेश गरेर प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका मओवादी केन्द्रका प्रदेश सांसद टंक आङ्बुहाङले स्पष्टीकरणको जबाफ नदिएपछि उनलाई पार्टीले पदमुक्त गरेको छ । अब मन्त्री बनेको १० दिनपछि नै आङबुहाङको सांसद पद खोसिने भएको छ ।

माओवादी केन्द्रले पार्टीको हितविपरीत अर्कै पार्टीमा प्रवेश गरी मन्त्री बनेको र २४ घण्टे स्पष्टीकरणको जबाफ नदिएको भन्दै आङ्बुहाङलाई सांसद पदबाट मुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई गराएको छ ।

निर्वाचित दलको निर्णय र अनुमतिबिना अरु नै दलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै १६ चैतमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आङ्बुहाङलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आङ्बुहाङलाई १७ चैतमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले २४ घण्टाभित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन जारी गरेका थिए ।

मन्त्री आङ्बुहाङलाई प्रदेश– १ स्थित माओवादी केन्द्र संसदीय दलको बैठकको निर्णयअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका छन् ।

मन्त्री आङ्बुहाङ माओवादी केन्द्रको उम्मेदवार बनी ताप्लेजुङ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी माओवादी केन्द्र संसदीय दलको नेतासमेत थिए । आङ्बुहाङ नेकपा (एमाले)मा प्रवेश गरेर आर्थिक मामिला तथा योजनामन्त्री बनेपछि १६ चैतमा माओवादी केन्द्रले उनलाई संसदीय दलको नेताबाट हटाउँदै इन्द्र आङ्बोलाई संसदीय दलको नेता चयन गरेको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…