Khabarpato logo

         

विज्ञान/प्रविधि

मृत्युपछि पनि मानव मस्तिष्क सक्रिय: अनुसन्धानकर्ता

एजेन्सी

एजेन्सी

मृत्युपछि पनि मानव मस्तिष्क सक्रिय: अनुसन्धानकर्ता

अमेरिकाको सिकागोस्थित इलिनोइस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मृत्यु भइसकेपछि पनि मानिसको मस्तिष्क क्रियाशील रहने तथ्य पत्ता लगाएका छन् । 

यसअघिका अध्ययनहरूबाट मानिसको मुटु बन्द भएपछि मानव मस्तिष्कका क्रियाकलापहरू स्वाभाविक रूपमा निष्क्रिय हुने ठानिएको थियो । तर, यस अध्ययनले मानिसको मृत्यु भएको घन्टौँपछिसम्म पनि मस्तिष्कका निश्चित कोषहरू सक्रिय रहनुका साथै केही कोषहरू त अझ ठूलो अनुपातमा वृद्धिसमेत भएका बताइएको छ ।

यूआईसीका अनुसन्धाताहरूले उक्त तथ्य मस्तिष्कका ताजा तन्तुहरूको नमुनाको जिन एक्स्प्रेसनको विश्लेषणबाट पत्ता लगाइएको कुरा साइन्टिफिक जर्नलमा प्रकाशन गरिएको छ । उनीहरूले अनुसन्धानका लागि अप्रेसनको नियमित पालोमा रहेका व्यक्तिहरूको मस्तिष्कबाट वैधानिक ढंगले नै केही ताजा तन्तुहरू निकालेका थिए ।

मृत्यु भएको धेरै घन्टा पछिसम्म पनि ग्लियल नामक कोषहरू सक्रिय रूपमा पलाइरहेका पाइएको बताइएको छ । तर, मानिसका सम्झने, सोच्ने स्नायुसम्बन्धी क्रियाकलापमा सक्रिय अर्को समूहका जिनहरू भने तीब्र गतिमा नष्ट भएको देखिएको थियो । उक्त अध्ययनका दौरान विश्लेषण गरिएका करिब ८० प्रतिशत जिन २४ घन्टासम्म सापेक्ष रूपमा स्थिर रहेका थिए ।

अनुसन्धाताहरूले उक्त अध्ययनबाट प्राप्त नतिजाले कुन जिन र कोषका प्रकारहरू स्थिर छन्, कुन चाँडै नष्ट हुन्छन् र कुनमा अझ वृद्धि हुन्छ भन्ने कुराको ज्ञान हासिल भएको हुँदा त्यसले मृत्युपछि गरिने मानव मस्तिष्कको अध्ययनबाट प्राप्त परिणामलाई अझ राम्ररी बुझ्न सकिने दाबी गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा …

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेस…