Khabarpato logo

         

सं‌सार

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध २ वर्ष थप

एजेन्सी

एजेन्सी

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध २ वर्ष थप

जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरू २ वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो ।

जापानले लगाएको प्रतिबन्धमा उत्तर कोरियाले विश्वका अरू देशसँगको व्यापारमा प्रतिबन्ध लगाउने तथा मानवीय उद्देश्यबाहेक उत्तर कोरियामा दर्ता भएका जहाजहरूलाई जापानी बन्दरगाहमा प्रवेश नदिइने उल्लेख छ ।

उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्धलाई पनि जापानले अनुसरण गर्नेछ । राष्ट्रसंघीय प्रतिबन्धमा हातहतियारको व्यापारमाथि प्रतिबन्ध, उत्तर कोरियाली सम्पत्ति रोक्का, जनता-जनताबीचको आदानप्रदान तथा शिक्षा र तालिममा प्रतिबन्धहरू समावेश रहेका छन् ।

जापानका मुख्य सचिव कात्सुनोबु काटोले मन्त्रिपरिषद्को बैठकले उत्तर कोरियामाथिका प्रतिबन्धलाई अरू २ वर्ष बढाउने निर्णय गरेको जानकारी दिए । यसअघि घोषणा गरिएको प्रतिबन्धको म्याद आगामी १३ अप्रिलमा समाप्त हुँदै छ ।

उत्तर कोरियाले करिब १ वर्षको अवधिमा पहिलो पटक गत २५ मार्चमा ३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । जापानले उक्त परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भन्दै भर्त्सना गरेको थियो । जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले राष्ट्रसंघीय प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन् । 

सन् १९७० र १९८० को दशकमा १३ जना जापानी नागरिकलाई अपहरण गरेको उत्तर कोरियाले सन् २००२ मा स्वीकार गरेको थियो । उनीहरूलाई जापानी भाषा र संस्कृतिका विषयमा उत्तर कोरियाली गुप्तचरहरूलाई प्रशिक्षित तुल्याउन अपहरण गरिएको थियो । पछि ५ जनालाई भने जापान फर्कन अनुमति दिइएको थियो । उत्तर कोरियाले बाँकीको मृत्यु भएको वा उत्तर कोरिया नै प्रवेश नगरेको दाबी गर्दै आएको छ ।

जापानले अरू पनि जापानी नागरिकलाई उत्तर कोरियाले अपहरण गरेको हुन सक्ने विश्वास गर्दै आएको छ र तीमध्ये धेरैजसो जीवितै रहेको हुन सक्ने जापानको भनाइ छ । 

अपहृत जापानी नागरिक र आणविक हतियार एवं क्षेप्यास्त्र विकासका कार्यले दुवै मुलुकबीचको सम्बन्ध चिसिएको छ । यी दुवै मुलुकबीच कूटनीतिक सम्बन्धसमेत रहेको छैन ।
प्रधानमन्त्री योसिहिदे सुगाले आफ्नो प्रशासनले अपहृत जापानी नागरिकको विषयलाई उच्च प्राथमिकता दिइने बताउँदै आएका छन् । उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग विनाशर्त वार्ता गर्न खुला रहेको बताइसकेका छन् ।

जापानले उत्तर कोरियामाथि सन् २००६ मा सीमित प्रतिबन्धहरू लगाउन थालेको थियो तर त्यसयता जापानले त्यस्तो प्रतिबन्धलाई थप विस्तार गर्दै र व्यापक बनाउँदै लगेको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…