Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

विज्ञान/प्रविधि

हामी यति साना छौँ त ?

आकाश शर्मा

आकाश शर्मा

हामी यति साना छौँ त ?

पृथ्वीबाट लिइएको अन्दाजी ५ करोड ५० लाख प्रकाश वर्ष टाढा अवस्थित एम ८७ नामक ग्यालेक्सीको केन्द्रमा रहेको ब्ल्याक होलको तस्वीर

सौर्यमण्डलका ८ वटा ग्रहहरूमध्ये मझौला आकारको सूर्यलाई परिक्रमा गर्ने आफ्नै एउटा चन्द्रमा भएको 'पृथ्वी' नामकरण गरिएको ग्रहमा निवास गर्छौं हामी । मानिसलगायत अन्य लाखौँ जीव तथा वनस्पतिको घर, यस पृथ्वीको उमेर करिब साढे ४ अर्ब वर्ष पुगेको वैज्ञानिकहरूको अनुमान छ । पानी, तरल अवस्थामा रहन सक्ने जीवनअनुकूल वातावरण रहेको यो ग्रहले आफ्नो केन्द्र सूर्यबाट पर्याप्त ताप र प्रकाश प्राप्त गर्छ । यति धेरै जैविक विविधता तथा विशाल भौगोलिक स्वरूपले सुसज्जित भए तापनि बृहस्पति जस्ता ठूला ग्रहहरूको समीपमा पृथ्वीको आकार धेरै सानो छ किनभने बृहस्पति ग्रह पृथ्वीभन्दा अन्दाजी  १३०० गुणा ठूलो छ, जसको मास ३०० भन्दा बढी पृथ्वीको मास बराबर छ ।

बृहस्पति त त्यत्रो छ भने सूर्य कत्रो होला भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । हो, हामी सबैको जीवन र अस्तित्वको स्रोत सूर्य भयंकर ठूलो छ । सौर्यमण्डलका सम्पूर्ण ग्रह, उपग्रह, क्षुद्रग्रहसमेत सम्पूर्ण पिण्डहरूको एकमुष्ठ वजन ०.१४ प्रतिशत र सूर्य एक्लैको वजन ९९.८६ प्रतिशत छ । करिब ३ लाख ३० हजारवटा पृथ्वीको मास भएको र १३ लाखवटा पृथ्वी अटाउन सक्ने उक्त सूर्यको आकार हामीले नाङ्गो आँखाले देखेर लगाएको अनुमानभन्दा धेरै ठूलो  छ । सूर्यको तुलनामा पृथ्वी एउटा हात्तीको छेउमा रहेको कमिलोझैँ  हुन जान्छ ।

सूर्य त्यत्रो विशाल छ भने त्योभन्दा ठूलो त कहीँ केही नहोला भन्ने लाग्न सक्छ । तर, सूर्य जत्रा र सूर्यभन्दा पनि सयौँ, अझ हजारौा गुणा ठूला अरू अर्बौंं ताराहरू छन्, यही हाम्रो मातृ आकाशगंगा (ग्यालेक्सी) मिल्किवे मा । अन्दाजी १ लाख प्रकाश वर्ष व्यासमा फैलिएको यो आकाशगंगामा २०० देखि ४०० अर्बसम्म तारा रहेको अनुमान वैज्ञानिकहरूले गरेका छन् । त्यति धेरै र भव्य आकारका सूर्यहरू अस्तित्वमा रहेछन् भन्ने थाहा पाउँदा कति मानिसका त निधारबाट पसिना छुटेकाे समेत देख्न पाइन्छ ।

आकारको चर्चा गर्दा प्रायः  ग्यालेक्सीको केन्द्रमा अवस्थित ब्ल्याक होलले अन्य ठूला भनाउँदा वस्तुहरूलाई धेरै पछि पारिदिन्छ । हाम्रो मिल्किवे ग्यालेक्सीको केन्द्रमा स्थित ब्ल्याक होल पृथ्वीदेखि करिब २६ हजार प्रकाश वर्षको दूरीमा रहेको छ, जसको मास अन्दाजी ४० लाखवटा सूर्यको मास बराबर हुन सक्ने अनुसन्धानबाट देखिएको छ । तथापि, यो ब्ल्याक होल मध्यम आकारको ब्ल्याक होल मात्र हो । अरू थुप्रै योभन्दा कयौँ गुणा ठूला ब्ल्याक होलहरू वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन् । करिब डेढ वर्ष अगाडि मात्र वैज्ञानिकहरूको निरन्तरको लामो प्रयासबाट ईएचटी (इभेन्ट होराइजन टेलिस्कोप)को मद्दतले ब्ल्याक होलको प्रथम तस्वीर लिने सफलता हात लाग्यो । झन्डै ५ करोड ५० लाख प्रकाश वर्ष टाढा एम ८७ नामक ग्यालेक्सीको केन्द्रमा अवस्थित उक्त भीमकाय वस्तुको आकार यति विशाल छ कि उक्त ब्ल्याक होललाई हाम्रो सौर्यमण्डलको केन्द्र सूर्यको स्थानमा स्थापित गर्ने हो भने त्यसले  पूरा  सौर्यमण्डललाई नै ढाकिदिन्छ । अर्थात् सम्पूर्ण सौर्यमण्डल जत्रो छ उक्त वस्तु, जसको मास करिब ७ अर्ब सौर्य मास बराबर रहेको वैज्ञानिकहरू बताउँछन् । वैज्ञानिकहरूले टेलिस्कोपको सहायताले हालसम्म अवलोकन गर्न सकिनेजति आकाशको अवलोकन गर्दा हाम्रो मिल्किवे जस्ता अरू अर्बौंं ग्यालेक्सीहरू र तिनको केन्द्रमा त्यस्तै अर्बौँं ब्ल्याक होलहरू रहेको कुरा पत्ता लगाएका छन् । यस्तो विशाल संरचनाको कल्पना मात्र गर्न पनि जो कोहीका लागि संभव हुँदैन किनकि त्यस्तो  विशाल वस्तुसँग तुलना गर्न मिल्ने अन्य कुनै वस्तुको हामी जस्ता सूक्ष्म जीवको जीवनमा कुनै अनुभव नै हुँदैन ।

त्यसैगरी गुरुत्व बलद्वारा एकै एकाईमा आबद्ध संरचनाहरू हुन्, ग्यालेक्सीहरू । केही हजार प्रकाश वर्षदेखि दशौँ लाख प्रकाश वर्षको व्यासमा फैलिएका खर्बौँं ग्यालेक्सीहरूको अस्तित्वको पुष्टि भइसकेको परिप्रेक्ष्यमा समग्र भौतिक जगत्को रहस्य आश्चर्यजनक रूपमा गहिरिँदै गएको छ । विशेषगरी टेलिस्कोपको आविष्कारका कारण संभव भएको यो अभूतपूर्व प्राप्तिले जिज्ञासुहरूलाई अत्यन्त उत्साहित मात्र बनाएको छैन, जीवन र जगत्सम्बन्धी  स्थापित सम्पूर्ण सिद्धान्त तथा मान्यताहरूलाई तर्कपूर्ण ढंगले किनारा लगाउँदै आमरूपमा नयाँ दृष्टिकोणसहित नयाँ एवं उपयुक्त सिद्धान्तको खोजी गरी मानव तथा पृथ्वीकेन्द्रित वर्तमान सोच र सिद्धान्तबाट माथि उठेर बाह्य जीवन र जगतसँग संपर्क एवं सम्बन्ध स्थापित गर्दै सभ्यताको उपल्लो चरणमा पदार्पण गर्ने मार्गसमेत प्रशस्त गरिदिएको छ । खर्बौँं तारा, अधिकांश ती ताराका ग्रह उपग्रह, दशौँ हजार प्रकाश वर्षमा फैलिएका ग्यासका बादलहरूलगायत न्युट्रन, तारा तथा सुपर्नोभाहरू र  केन्द्रमा डरलाग्दो ब्ल्याक होलले सुसज्जित  ग्यालेक्सी पनि आखिर अन्य खर्बौं त्यस्ता वस्तुहरूमध्ये एउटा सिङ्गो वस्तु मात्र रहेछ, जो निरन्तर आफ्नो बाटाेमा गतिमान रहेछ भन्ने तथ्य ज्ञात हुँदा हामी मानवको भौतिक अस्तित्व कति रहेछ भन्ने कुरा स्वत: छर्लङ्ग हुन्छ ।

ब्रह्माण्डको अन्वेषण जारी छ र जारी रहनेछ । ग्यालेक्सीका झुण्डहरू, अँध्यारो रित्ता ठाउँहरू तथा दीर्घकालमा अरू थुप्रै रहस्यहरू उजागर हुँदै जाने नै छन् । हबल स्पेस टेलिस्कोपले हालसालै लिएको अर्बौं प्रकाश वर्ष टाढाको एउटा तस्वीरमा २ वटा क्वेजारहरू नजिकै रहेको जस्तो देखिएका छन् । क्वेजार भनेका अत्यन्त चम्किला विशाल ग्यालेक्सीहरू हुन् ।

तसर्थ, ब्रह्माण्डको यो यथार्थलाई आत्मसात गरी आज हामीले गर्नुपर्ने भनेको आफूलाई  धेरै गतिलो र महत्त्वपूर्ण हुँ भन्ने भावना नराखी नयाँ ज्ञानको प्राप्तिलाई सहर्ष स्वीकार गर्दै पुराना जड मान्यता एवं सिद्धान्तहरूलाई आवश्यकताअनुसार परिमार्जन वा बिस्थापित गरी शान्तिपूर्ण ढंगले आफ्नो ऊर्जालाई प्रगतिपथतर्फ अग्रसर रहनमा उपयोग गर्नु नै हो । 

ताजा

सबै

3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand…

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…

यो पनि

हामी यति साना छौँ त ?

हामी यति साना छौँ त ?

सौर्यमण्डलका ८ वटाग्रहहरूमध्ये मझौला आकारको सूर्यलाई परिक्रमा गर्ने आफ्नै एउटा चन्द्रमा भ…

मृत्युपछि पनि मानव मस्तिष्क सक्रिय: अनुसन्धानकर्ता

मृत्युपछि पनि मानव मस्तिष्क सक्रिय: अनुसन्धानकर्ता

अमेरिकाको सिकागोस्थित इलिनोइस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मृत्यु भइसकेपछि पनि…

X-ray emission detected in Uranus for the first time

X-ray emission detected in Uranus for the first time

According to a new study published in the Journal of Geophysical Research, Uran…

Mars Helicopter Ingenuity Touches Down on Martian Soil

Mars Helicopter Ingenuity Touches Down on Martian Soil

Ingenuity, the first helicopter ever sent to another planet, has, after all, to…