Khabarpato logo

         

स्वास्थ्य

कोरोना भाइरसको उत्पत्तिका सम्बन्धमा नयाँ अनुसन्धान गर्न वैज्ञानिकहरूको आह्वान

एजेन्सी

एजेन्सी

कोरोना भाइरसको उत्पत्तिका सम्बन्धमा नयाँ अनुसन्धान गर्न वैज्ञानिकहरूको आह्वान

विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले कुनै पनि प्रयोगशालामा कोभिड- १९ को जीवाणुसँग सम्बन्धित जीवाणु फेला नपरेको जनाउँदै कोरोना भाइरस कुनै प्रयोगशालाबाट आएको भन्ने अनुमान अत्यन्त असुहाउँदो भएको टिप्पणी गरेपछि बुधबार अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा समूहले यो भाइरसको उत्पत्तिका सम्बन्धमा नयाँ अनुसन्धान सुरु गर्न आह्ववान गरेको छ । यसअघि गत हप्ता चीन र डब्लूएचओले कोभिड- १९ भाइरस कुनै ल्याबबाट आएको नभएर वन्यजन्तुबाट आएको हुन सक्ने सम्भावना प्रबल रहेको उल्लेख गर्दै एउटा विस्तृत विवरणसहितको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

अझ गहिरो एवं प्रभावकारी अध्ययनका विधिहरूको विश्लेषणसमेत गरिएको युरोप, अमेरिका, अस्ट्रेलिया र जापानका २४ जना वैज्ञानिकहरूले संयुक्त रूपमा लेखेको एउटा खुला पत्र द न्युयोर्क टाइम्सले प्राप्त गरेको उल्लेख गर्दै  हिन्दुस्तान टाइम्सले जनाएअनुसार वैज्ञानिकहरूद्वारा लेखिएको उक्त पत्रका कारण भाइरससम्बन्धी गरिने प्रयोगशालाजन्य क्रियाकलापहरूको  अनुगमन, नियमन एवं निश्चित प्रकारका भाइरसहरूको अध्ययनका लागि आवश्यक कडाइ गरिनुपर्ने आवाजहरू प्रस्फुटित हुन थालेका छन् ।

सर्वप्रथम चीनको वुहानमा सन् २०१९ मा फेला परेको उक्त भाइरसको वास्तविक उत्पत्तिस्थल र उत्पत्तिको स्रोत पत्ता लगाउनुपर्ने उल्लेख गर्दै आफ्नो कुनै एउटा देशतर्फ औँलो ठड्याउने उद्देश्य नभएर सम्पूर्ण मानव जातिको हित एवं सुरक्षाका खातिर त्यस भाइरसका बारेमा विस्तृत अनुसन्धान आवश्यक रहेको दाबी गर्दै लेखिएको उक्त पत्रमा जैविक सुरक्षासम्बन्धी विज्ञहरूसमेत सम्मिलित टोली गठन गरी या त डब्ल्लूएचओ अथवा अन्य कुनै मुलुकले त्यससम्बन्धी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।

चीनमाथि विश्वभर कोभिड- १९ भाइरस फैलाएको आरोप लाग्दै आएको छ । उक्त भाइरसको संक्रमणका कारण हालसम्म २८ लाखभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…