Khabarpato logo

         

अपराध

राष्ट्रपति बाइडेनद्वारा बन्दुक नियन्त्रणका उपाय घोषणा

एजेन्सी

एजेन्सी

राष्ट्रपति बाइडेनद्वारा बन्दुक नियन्त्रणका उपाय घोषणा

आफ्नो कार्यकाल सम्हालेदेखि बिहीबार पहिलो पटक अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणका लागि  आधा दर्जनजति उपायहरूको औपचारिक घोषणा गरेका छन् । अमेरिकामा बन्दुक राख्न पाउने कानुनी व्यवस्थाका कारण बारम्बार अन्धाधुन्ध गोली प्रहारबाट बर्सेनि सयौँ मानिसहरू अकारण मारिइने गरेका छन् ।

बिहीबार एउटा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले एकै दिन त्यत्रा विधि मानिसहरू मारिनुलाई अमेरिका र अमेरिकीको राष्ट्रिय चरित्रमाथि लागेको दागका रूपमा चित्रण गर्दै त्यस प्रकारको अन्तर्राष्ट्रिय रूपमा लज्जाको विषयमा परिवर्तन ल्याउन आफू प्रतिबद्ध भएको बताए ।

सन् २०१२ मा एउटा विद्यालयमा भएको गोली काण्ड, स्यान्डी हुक, कनेक्टिकटलगायतका गोली काण्डमा मारिएकाहरूका आफन्तहरू उपस्थित रहेको उक्त कार्यक्रममा उपस्थित पीडित परिवारका सदस्यहरूलाई धन्यवाद दिँदै उनीहरूको पीडा आफूले महसुस गरेको जानकारी गराएका थिए ।

बन्दुक नियन्त्रणको प्रयास अमेरिकी जनतामाझ विभाजनको विषय नभएको उल्लेख गर्दै राष्ट्रपति बाइडेनले उक्त समस्याको निराकरणका लागि आफू जोकोहीसँग काम गर्न इच्छुक रहेको जनाए ।

उपराष्ट्रपति कमला ह्यारिस र महान्यायाधिवक्ता मेरिक गार्ल्याण्डसमेत सहभागी रहेको उक्त कार्यक्रममा महान्यायाधिवक्ता गार्ल्याण्डले बन्दुकसम्बन्धी समस्या सुल्झाउन कति कठिन छ भन्ने कुरामा आफूमा कुनै भ्रम नरहेको बताएका थिए ।

बाइडेनले घरेलु रूपमा बनाइने गरेका बन्दुकहरू (घोष्ट गन)का क्रेताहरूको नियमनमा कडाइ गर्ने, त्यहाँको न्याय विभागले त्यस्ता हतियार निर्माणका लागि प्रयोग गरिने सामानहरूलाई घातक हातहतियार एवं खरखजानासम्बन्धी बन्दुक नियन्त्रण ऐनअन्तर्गत समेट्ने कानुनी प्रावधान राख्न प्रस्ताव गर्नेलगायतका बन्दुक नियन्त्रणका कदम चाल्न लागेको जनाएका थिए ।

बाइडेनको बन्दुक नियन्त्रणसम्बन्धी पहिलो कदमका रूपमा लिइएका उपायहरूको कानुनविद्हरूले प्रसंसा गरेका छन् ।

अमेरिका जस्तो सभ्य राष्ट्रमा त्यस प्रकारको हिंसाको विश्वभर आलोचना गरिइँदै आएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…