Khabarpato logo

         

सं‌सार

'आर्ड्युअस मार्च'का लागि तयार रहनुहोस्: किम जोङ उन

एजेन्सी

एजेन्सी

'आर्ड्युअस मार्च'का लागि तयार रहनुहोस्: किम जोङ उन

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले त्यहाँको वर्तमान आर्थिक संकटलाई सन् १९९० को संकटसँग जोड्दै सत्तासीन पार्टीका अधिकारीहरूलाई काम र बलिदानयुक्त 'कठोर प्रयत्नपूर्ण मार्च' (आर्ड्युअस मार्च) का लागि तयार रहन आग्रह गरेको त्यहाँको सरकारी संचारमाध्यमले शुक्रवार जनाएको छ ।

'आर्ड्युअस मार्च' भन्नाले उत्तर कोरियाको मुख्य सहयोगी सोभियत संघको पतनपछि त्यहाँ उत्पन्न भएको खाद्यसंकटका कारण  ३० लाख भन्दा बढी उत्तर कोरियाली नागरिकहरूको मृत्यु भएको घटना हो ।

यसअघि गत हप्ता नेता उनले राष्ट्रले हालसम्मकै खराब अवस्थाको सामना गरिरहेको बताएका थिए । उनले बिहीवार वर्कर्स पार्टी अफ कोरिया (WPK) को एउटा कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।

सबैजसो सिमा नाकाहरूबाट आवतजावत गर्न प्रतिबन्ध लगाएको एवं कोरोना माहामारी नियन्त्रणका लागि लगाइएका विभिन्नखाले प्रतिबन्धहरूका कारण खस्किएको व्यापार तथा आणविक हतियार एवं क्षेप्यास्त्र विकसित गरेको भन्दै अन्तर्राष्ट्रियस्तरबाट लगाइएका प्रतिबन्धहरूका कारण त्यहाँको आर्थिक एवं मानवीय संकट जर्जर अवस्थामा पुगेको बताइन्छ ।

त्यहाँका हजारौं कुपोषण र अभावग्रस्त महिला तथा बालबालिकाको सहयोगका लागि अन्तर्राष्ट्रिय दातृ समूहहरूले संघर्षपूर्ण प्रयास गरिरहेका भए तापनि उत्तर कोरियाभित्र प्रवेश गर्न असमर्थ रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन् ।

उत्तर कोरियाको सार्वजनिक स्वास्थ मन्त्रालयका एकजना अधिकारीले भने महिला तथा बालबालिकाहरू कुपोषणको सिकार भएको भन्ने समाचार गलत भएको देशको छवी धमिल्याउन त्यस्तो प्रचार गरिएको दावी गरेका थिए ।

परन्तु नेता किमको पछिल्लो अभिव्यक्तिले उत्तर कोरिया अभूतपूर्व संकटको सामना गरिरहेको छर्लङ्ग भएको छ । उत्तरकोरियाली जनताको संकट मोचनका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने मानव अधिकारवादीहरूको राय छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…