Khabarpato logo

         

अर्थ/वाणिज्य

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

खबरदाता

खबरदाता

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ । आईपीओको रिजल्ट कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएससीको मेरो शेयर र सीडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने स्रोतले जनाए तापनि उक्त वेबताएका साइटमा यो समाचार तयार पार्ने बेलासम्म पनि नतिजा हेर्न भने सकिएको छैन । पछिल्लो समयमा वेबसाइटमा आएको समस्याका कारण लगानीकर्ताले ज्यादै दु:ख पाउँदै आएका छन् ।

बिक्री प्रबन्धकका अनुसार आईपीओमा १५ लाख ६५ हजार ५३० जनाको अवेदन परेको थियो, जसमध्ये १५ लाख ५९ हजार ८९२ जनाको आवेदन मात्र योग्य भएको थियो भने  ५ हजार ७२८ जनाको आवेदन रद्द भएको थियो । योग्य आवेदकहरूमध्येबाट गेलाप्रथा गरी शेयर बाँडफाँट गरिएकामा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकी १२ लाख ९५ हजार ८३० जना आवेदकहरूको हात खाली भएको छ ।

हाइड्रोले ६ चैतदेखि १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निश्कासन गरेको थियो, जसमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता म्युचुअल फण्डहरूलाई छुट्याएको थियो भने २ प्रतिशतले हुन आउने ५८ हजार कित्ता शेयर भने कम्पनीमा काम गर्ने कर्मचारीका लागि छुट्याइएको थियो । जम्मा २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि निश्कासन गरिएको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…