Khabarpato logo

कला/साहित्य

मान्छे जस्तै मान्छे

आकाश शर्मा

आकाश शर्मा

मान्छे जस्तै मान्छे

महत्वकांक्षाले ल्याप्पै भिजेको सिरानीमुनि 
एक झुत्तो आशा लुकाएर निदाएको जन्तरेले
भिन्न रूपाकारका, 
अनौठा लवज औ हाउभाउका,
बिचित्रका मनोभाव सजाएका, 
हाँस्दै टोकिरहेका, टोक्दै सुम्सुम्याइरहेका, 
तिघ्रामा नोटको तेलले मालिस गर्दै गरेका, 
जुम्रा परेको झुम्रामा रुपियाँ पोक्याउँदै गीता पाठ गर्दै गरेका,
सिन्कामा चोक्टो उनेर र्याल चुहाउदै पोल्दै गरेका,
भुइँको सिक्का जिवाले टिप्न मिहिनेतरत,
आँखा भएका, दृष्टिहीन, 
मुख भएका, शब्दहीन,
मुटु भएका, विवेकहीन,
मस्तिष्क भएका, बुद्धिहीन, 
जीवन भएका, प्राणहीन, 
उमेर भएका, रसहीन, 
उमेर गएका, आसहीन,
पढेका, ज्ञानहीन,
कल्पनाशील, लक्ष्यहीन,
परेका, अनुभवहीन,
स्वादका पुजारी,
उन्मादका पारखी,
पाखण्डका भक्त, 
स्वार्थमा आशक्त, 
मोटा-अशक्त, 
लुते-बिशाक्त,
कालो खाँदै सेतो छाद्दै गरेका, 
उँधो बगाएर उँभो खोज्दै हिँडेका,
मान्छे जस्तै मान्छे देख्यो, सपनीमा ।

तिनिहरू,
डल्ले, अग्ला, गोद्र्याके र च्याँसे थिए ।
चाहिए चिप्लो, परे फुस्रो बोल्थे ।
ईर्ष्या, कुन्ठा, द्वेष र परपीडन सोच्थे ।
ढलमा छोपिएको नाकमा इमानको बुलाकी लाउथे ।
घाँस देखाएर सास लिन्थे, र भुटेर सबै जुटेर चबाउथे ।
थैलीबाट रसाएको झोल दलेका ओठले घृणा चाट्थे ।
गेरु बस्त्रबाट सिनोको गन्ध आउँथ्यो ।
शोषण र अत्याचारको रेतिले दाँत उद्याउँथे ।
सबौजसो जिब्रो निकालेर घोप्टिएकै हुन्थे ।
अगाडि भएकालाई खोजिरहेका,
नबोली खुट्टा तानिरहेका, धकेली रहेका,
चुकचुकाउदै लडेकालाई कुल्चिइरहेका हुन्थे ।
माथि बसेर तल काट्थे ।
चलमलाउथे तर चिन्दैनथे ।
लौरो टेकेर सातफेरा लाउथे ।
घुमाइफिराइ घाटकै कुरो गर्थे ।
चिठी लेख्न खेताला लाउथे ।
सुन लाएर जूनलाई ढोग्थे ।
गर्या गर्यै थे, जान्दैनथे ।
निमोठ्थे, निमोठिने बुझ्दैनथे ।
रगत चढाइ बाँकी उसिनेर, तारेर, नुन छर्केर खान्थे ।
भोज गर्ने, मोज गर्नेमा चित्त केन्द्रित गर्थे ।
नभाको देखाउन आतुर हुन्थे ।
फेरि खोस्थे, फेरि लुट्थे, र लुकाउथे ।
थामतिघ्रे थिए, खान्थे-अघाउदैनथे ।
सिन्के थिए, डस्थे-हरियो ओकल्थे ।
बाच्न खोज्दै मृत्यु रोज्दै गरेका, 
छुरा च्यापी मीठा कुरा गर्दै हिँडेका, 
मान्छे जस्तै मान्छे देख्यो उसले, सपनीमा ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि