Khabarpato logo

समाचार

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

खबरदाता

खबरदाता

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिम विजय भएको छ । शनिबार सम्पन्न मत गणनामा पोखरेलले नेतृत्व गरेको टिमले करिब २ हजार बढी मत हासिल गर्दै निर्मला शर्माको टिमलाई पछि पार्दै  जीत हासिल गरेको हो ।

२५ चैतमा देशभरका सबै जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिएट्सको एकै पटक मतदान भएको थियो । झण्डै १३ हजार पत्रकारले नयाँ नेतृत्वका लागि मतदान गरेका थिए । प्रत्यक्ष प्रणालीबाट पहिलो पटक भएको नयाँ नेतृत्वको निर्वाचनमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित मैदानमा उत्रिएका थिए भने गजेन्द्र बुढाथोकी स्वतन्त्र उम्मेदवार थिए ।

केन्द्रीय समितिमा पोखरेल नेतृत्वको टिमले सम्पूर्ण पदमा जीत हासिल गरेको छ । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्ष उदय जीएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल तथा सचिव (आदिवासी जनजाति)मा नारायणसुन्दर किलम्बु विजयी भएका छन् ।

त्यस्तै, सचिव मधेसीमा दीपेन्द्र चौहान, सचिव एसोसिएटमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएको निर्वाचन  समितिले जनाएको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि