Khabarpato logo

         

खेलकुद

आईपीएल: दिल्ली क्यापिटल्सको विजयी सुरुवात

एजेन्सी

एजेन्सी

आईपीएल: दिल्ली क्यापिटल्सको विजयी सुरुवात

साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ ।

ओपनरद्वय शिखर धवन र पृथ्वी सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिबार चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ८५ रन बनाए । उनले ५४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । पृथ्वी सले ३८ बल खल्दै ९ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । मार्कु स्टोइनिसले १४ रन जोडे । पहिलो पटक दिल्लीको कप्तानी सम्हालेका ऋषभ पन्त १५ रनमा अविजित रहे ।

चेन्नईका शार्दूल ठाकुरले २ तथा डायन ब्राभोले १ विकेट लिए ।

त्यसअघि मुम्बईको वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । गत संस्करण नखेलेका रैनाले यस पटक सुरुवातमै उत्कृष्ट ब्याटिङ गरे । उनले २६ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५४ रन बनाए । 

यस्तै, मोइन अलीले ३६ रन जोडे । टिमको स्कोर ७ हुँदा ओपनर फाफ डु प्लेसिस र रितुराज गाएकवार्डलाई गुमाएको चेन्नईका लागि रैना र मोइनले ५३ रनको साझेदारी गरेका थिए ।

आक्रामक ब्याटिङ गरेका साम करनले १५ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३४ रन जोडे । अम्बाती राएडुले २३ रन बनाए । रवीन्द्र जडेजाले १७ बल खेल्दै ३ चौका मद्दतमा अविजित २६ रन बनाए ।

दिल्लीका लागि बलिङमा क्रिस वोक्स र आभेष खानले २-२ तथा रविचन्द्रन आश्विन र टम करनले १-१ विकेट लिए ।

आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ । उक्त खेल चेन्नईमा हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …