Khabarpato logo

         

खेलकुद

आईपीएल: राजस्थानको हार

एजेन्सी

एजेन्सी

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ ।

१४औँ संस्करणमा कप्तानी गरिरहेका सन्जु सामसनले ११९ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

जीतका लागि राजस्थानलाई अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा सामसनले ठूलो सट प्रहार गर्दा क्याचआउट भए । त्यसअघिको बलमा उनले क्रिस मोरिस कुदिसकेको अवस्थामा समेत सिंगल रन लिएका थिएनन् ।

मुम्बईस्थित वाङखडे स्टेडियममा पञ्जाबले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनायो । सामसनले ६३ बल खेल्दै १२ चौका र ७ छक्का मद्दतमा ११९ रन बनाए । जोस बटलर र रियान परागले समान २५ र शिभव दुवेले २३ रन जोडे ।

पञ्जाबका लागि अर्सदीप सिंहले ३ र मोहम्द शामीले २ विकेट लिए । यस्तै पहिलो पटक आईपीएल खेलिरहेका झ्ये रिचर्डसन र रिले मेरेडिथले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान लोकेश राहुल र दीपक हुडाको आक्रामक व्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

विकेट किपरसमेत रहेका राहुलले ५० बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९१ रन बनाए । यस्तै, हुडाले २८ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा ६४ रन जोडे । यी २ जनाले तेस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए ।

यस्तै, क्रिस गेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन बनाए ।

बलिङमा राजस्थानका डेब्युटान्ट चेतन शाकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । क्रिस मोरिसले २ र रियान परागले १ विकेट लिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …