Khabarpato logo

         

खेलकुद

आईपीएल : राजस्थानमाथि मुम्बईको जीत

एजेन्सी

एजेन्सी

आईपीएल : राजस्थानमाथि मुम्बईको जीत

जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को बिहिबार भएको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्ता पाएको राजस्थानले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १७१ रन जोडेको थियो ।

१७२ रनको लक्ष पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १८.३ ओभर खेल्दै ३ विकेट गुमाएर जित हासिल गर्यो । मुम्बईको जितका लागि क्विन्टन डि ककले ५० बलमा ७० रन बनाएर अभिजित रहे । त्यस्तै मुम्बईका कुनाल पाण्ड्याले ३९(२६) रन बनाए भने कियेरन पोलार्डले अभिजित १६*(८) को योगदान गरे ।

राजस्थानका क्रिस मोरिसले २ विकेट र मुस्ताफिर रहमानले १ विकेट हात पारेका थिए ।

राजस्थानका सन्जु साम्सनले २७ बलमा ४२ रन बनाएका थिए भने जोस बटलर र शिवम दुबेले क्रमशः ४१(३२) र ३५(३१) रन जोडेका थिए ।

राजस्थानलाई रोक्ने क्रममा मुम्बईका बलर राहुल चाहारले २ विकेट लिएका थिए । त्यस्तै जसप्रित बुमराह र ट्रेन्ट बोल्टले समान १/१ विकेट लिएका थिए ।

यो जितसँगै मुम्बई ६ खेलमध्ये ३ खेलमा जित हासिल गरी ६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

उक्त खेलमा मुम्बईका क्विन्टन डि कक ७०*(५०) प्लेयर अफ द म्याच भए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …