Khabarpato logo

         

सं‌सार

अमेरिकाले स्वीकार गर्ने शरणार्थीको संख्या ६२ हजार ५०० पुर्‍याउने बाइडेनको निर्णय

एजेन्सी

एजेन्सी

अमेरिकाले स्वीकार गर्ने शरणार्थीको संख्या ६२ हजार ५०० पुर्‍याउने बाइडेनको निर्णय

देशभित्रका प्रगतिशील धार तथा शरणार्थीसम्बन्धी निकायहरूको विरोधपछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले न्यून सङ्ख्याले अमेरिकी मान्यताको प्रतिनिधित्व नगर्ने जनाउँदै अमेरिकाले स्वीकार गर्ने शरणार्थीको सीमालाई १५ हजारबाट बढाएर ६२ हजार ५०० बनाउने बताएका छन् ।  

पछिल्लो समय अमेरिका-मेक्सिको सीमामा ठूलो सङ्ख्यामा अमेरिका प्रवेश गर्न चाहने मानिसहरूको घुइँचो लागेकाले थप मानिसहरूलाई प्रवेश दिनेबारे बाइडेन चिन्तित रहेको जनाइएको थियो ।

पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालको अन्तिम वर्षमा रहेको १ लाख १० हजार शरणार्थीलाई प्रवेश दिने सीमा रहेकामा राष्ट्रपति ट्रम्पले आफ्नो अन्तिम वर्षको कार्यकालमा  हालसम्मकै न्यून १५ हजारमा झारेका थिए ।

यसअघि गत अप्रिलमा गरिएको एउटा आपतकालीन घोषणामा बाइडेनले १५ हजारसम्म शरणार्थीलाई प्रवेश दिने विषयलाई मानवीय आधार र राष्ट्रिय हित दुवैले पुष्टि गरेको बताएका थिए ।

राष्ट्रपति बाइडेनले त्यसबेला सोमालिया, सिरिया र यमनबाट हुने पुनर्वास कार्यक्रममाथिको प्रतिबन्ध हटाएका थिए भने अफ्रिका, मध्यपूर्व र मध्यअमेरिकाका लागि थप कोटा छुट्याएका थिए ।

उनको त्यो निर्णयको शरणार्थीसम्बन्धी समूह र आफ्नै दलका सदस्यहरूबाट विरोध भएपछि ह्वाइट हाउसले मे महिनामा सङ्ख्यामा पुनर्विचार गर्ने बताएको थियो ।

बाइडेनको पछिल्लो निर्णयको अन्तर्राष्ट्रिय रेस्क्यु कमिटीसहितका शरणार्थी समूहहरूले स्वागत गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…