Khabarpato logo

         

अर्थ/वाणिज्य

मध्य भोटेकोसी जलविद्युत कम्पनीमा आईपीओ खुल्यो, कहाँबाट दिने निवेदन ?

खबरदाता

खबरदाता

मध्य भोटेकोसी जलविद्युत कम्पनीमा आईपीओ खुल्यो, कहाँबाट दिने निवेदन ?

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले २१ वैशाखदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई साधारण शेयर (आईपीओ) निश्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता साधारण शेयर निश्कासन गरेको हो । निश्कासन गरिने कुल कित्तामध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं.- १ र ५, बाह्रबिसे नगरपालिका वडा नं.- ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं.- ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरूका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई छुट्याइएको छ ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निश्कासनको अनुमति पाएको थियो, जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निश्कासन गरेको हो । बाँकी ९० लाख कित्ता भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निश्कासन गर्नेछ । 

पहिलो चरणको उक्त आईपीओमा लगानीकर्ताहरूले छिटोमा ४ जेठ र ढिलोमा २० जेठसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

आईपीओमा ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सकिनेछन् । 

कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईमएई क्यापिटल रहेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…