Khabarpato logo

         

राजनीति

अस्ट्रेलियास्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

खबरदाता

खबरदाता

अस्ट्रेलियास्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को १९ वैशाखको बैठकले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

एकीकरणपश्चात् बनेको नेकपाले तत्कालीन राजदूत लक्की शेर्पालाई फिर्ता बोलाएर २०७६ जेठमा दाहाललाई राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २८ असोज २०७६ मा राजदूतमा नियुक्त गरेकी थिइन् ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुरानै अवस्थामा पुगेका र पछिल्लो समय राजनीतिक विवाद उत्कर्षमा पुग्दै गर्दा २ पार्टीको एकता भएका समयमा गरिएका राजनीतिक एवं कूटनीतिक  नियुक्तिहरूलाई एमाले नेतृत्वको सरकारले 'फिल्टर' गर्न सुरु गरिसकेको छ । यसअघि हिजो सोमबार सरकारले माओवादीको सिफारिसमा प्रदेश प्रमुख बनेका गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरिसकेको छ ।

कूटनीतिक जगतका जानकारहरूले प्रतिशोधका आधारमा राजदूत फिर्ता बोलाउने काम अन्तर्राष्ट्रिय समुदायका माझ नेपालका लागि लज्जाको विषय भएको बताएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…