Khabarpato logo

         

खेलकुद

खेलाडीमा संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित

एजेन्सी

एजेन्सी

खेलाडीमा संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित

केही खेलाडीलाई नै कोरोना संक्रमण देखिन थालेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित गरिएको छ । 

इन्डियन प्रिमियर लिग गभर्निङ काउन्सिल र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को आकस्मिक बैठकले खेलाडी र कर्मचारीको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता नगरिने उल्लेख गर्दै जारी आईपीएल, २०२१ स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।

सोमबार साँझ चेन्नाई सुपर किंग्सका प्रमुख कार्यकारी अधिकृत काशी विश्वनाथन, बलिङकोच लक्ष्मीपति बालाजी, एक जना सफाइ कर्मचारी, कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज मंगलबार दिल्ली क्यापिटल्सका खेलाडी अमित मिश्रा र सनराइजर्स हैदरावादका खेलाडी ऋद्धिमन साहलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि तत्कालका लागि आईपीएल स्थगित गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।

आज साँझ सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीचको खेल्ने तालिका थियो । 

आईपीएलको जारी सिजनमा दिल्ली क्यापिटल्स १२ अंकसहित शीर्ष स्थानमा रहेको छ भने चेन्नाई र रोयल च्यालेन्जर्स बेङ्लोर १०/१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । दिल्ली र पन्जाब किंग्सले ८/८ खेल खेलेका छन् भने बाँकी टिमले ७/७ खेल मात्र खेलेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …