Khabarpato logo

         

स्वास्थ्य

कोरोनाको बढ्दो कहर: २४ घन्टामा ९,०७० संक्रमित थपिए, ५४ को मृत्यु

खबरदाता

खबरदाता

कोरोनाको बढ्दो कहर: २४ घन्टामा ९,०७० संक्रमित थपिए, ५४ को मृत्यु

कोरोना महामारीको प्रकोप उकालो लाग्ने क्रम बढ्दो क्रममा अगाडि बढिरहेको छ । यसै क्रममा विगत २४ घण्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ।

२० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै सोही अवधिमा कोरोना भाइरसको संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी उक्त अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा ३ हजार १६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ

महामारी नियन्त्रणका लागि भन्दै यही १६ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा आउँदो २९ गतेसम्मका लागि जारी गरिएको भए तापनि यही दरमा संक्रमण बढ्दै जाने हो भने अझ कडाइकासाथ निषेधाज्ञा लम्ब्याउनु पर्ने बिश्लेषकहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…