Khabarpato logo

कला/साहित्य

बरिस्ठ गायक प्रेमध्वज प्रधानको निधन : नेपाली संगीत जगत शोकमा

खबरदाता

खबरदाता

बरिस्ठ गायक प्रेमध्वज प्रधानको निधन : नेपाली संगीत जगत शोकमा

'यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ...'

यो र यस्ता दर्जनौं कालजयी गीत नेपाली संङ्गीत जगतलाई  दिएर वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधान अस्ताएका छन्  । प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको छ ।

८४ बर्षीय प्रधानलाई छातीमा समस्या देखिएपछि केही दिन अगाडि अस्पतालमा भर्ना गरिएकामा  प्रधानको उपचारकै क्रममा निधन भएको बताइएको छ ।

बि. सं. १९९४ साल असारमा पिता रत्नध्वज र माता रामदेवी प्रधानका कोखबाट सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रधानलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले समेत चिनिन्छ ।

नेपाली संगीत आकाशका एउटा ताराका रूपमा रहेका प्रधानले आठ/नौ वर्षकै उमेरमा इन्द्रजात्रामा प्रदर्शन गरिएको एउटा नाटकमा नायिकाको भूमिका निभाएका थिए ।

पद्मोदय स्कुलबाट २०१३ सालमा एसएलसी पास गरेका प्रधानले सन् १९५२ मा १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए । उनले सन् १९६५ मा उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’ मा गीत गाएका थिए ।

सन् १९५९ डिसेम्बर ९ का दिन अमेरिकी पुस्तकालयमा करारमा जागिर खान थालेका प्रधान ६ महिनापछि स्थायी भएका थिए र उनको त्यो जागिरे यात्रामा आफ्नो जीवनको झण्डै ३३ वर्ष बिताएका थिए ।

गोल्डेन भ्याइस अफ प्रेमध्वज प्रधान सन् १९७०, घाइते जवानी बि.सं. २०५०, माया नमार बि. सं. २०५५ जस्ता चर्चित एल्बमहरूबाहेक उनले कयौं गीत सङ्गीतका माध्यमबाट नेपाली सांगीतिक क्षेत्रलाई समृद्ध तुल्याउन महत्त्वपूर्ण योगदान दिएका छन् ।

प्रधानले पर लैजाऊ फूलहरु, यो नेपाली शिर उचाली, घुम्तीमा नआऊ है, तिमीलाई अचेल कहाँ भेटौंलगायत दर्जनौं काजजयी गीतहरू गाएका छन् ।

स्वर्गीय भैरवबहादुर थापाको शब्द र संगीतमा ‘याद कसैको आइरहेछ, यो अँधेरी रातमा…' बोलको गीत  गायक प्रधानको पहिलो गीत हो । स्वर्गीय भैरवबहादुर थापा ‘आमा’ चलचित्रकी नायिका भुवन चन्दका पिता हुन् ।

मृदुभाषी, शालीन व्यक्तित्व, भद्र एवं सधैं हँसिलो रहने गायक प्रधानले भौतिक शरीर परित्याग गरेका भए तापनि उनले गाएका कालजयी गीत एवं सङ्गीतका साथ सदा जीवित रहने छन्; नेपाली सांगीतिक आकाशमा गुन्जिइ रहने छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि