Khabarpato logo

         

राजनीति

नेताद्वय घनश्याम र योगेशले मध्यरातमा भेटे अध्यक्ष ओलीलाई

खबरदाता

खबरदाता

नेताद्वय घनश्याम र योगेशले मध्यरातमा भेटे अध्यक्ष ओलीलाई

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल खेमाका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईसँग भेट गरेका छन् ।

यसअघि विहीबार एमालेका निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिन भन्दै संसदको विषेश अधिवेशन बोलाइएको परिप्रेक्ष्यमा सत्तारुढ नेकपा (एमाले) का भिन्न खेमाका नेताहरूका बीचमा निरन्तर सम्वाद भइरहेको छ । तर अहिलेसम्म कुनै ठोस निष्कर्षमा नपुगेको बताइन्छ ।

अध्यक्ष ओली र नेताहरू भुसाल/भट्टराईबीचको भेट राति अबेरसम्म चलेको थियो । कुराकानीका क्रममा अध्यक्ष ओलीले आफूले महाधिवेशन आयोजक समितिको बैठक बोलाउने र उक्त बैठकमा नेपाल खेमाका नेताहरूलाई आउन आग्रह गरेका थिए । तर नेपाल समूहका नेताहरु अध्यक्ष ओलीको प्रस्तावमा सहमत नभएको बताइको छ । उनीहरु २ जेठ, २०७५ को अवस्थामा फर्किनुपर्ने पुरानै अडानमा कायम रहेका छन् ।

नेपाल खेमाले २७ वैशाख अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुले राजीनामा दिने तयारी र राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाउने योजना बनाएपछि अध्यक्ष ओलीलाई 'झसक' पसेको बताइन्छ ।

भेटवार्ताकै क्रम चलिरहँदा बिहीबार नै अर्थमन्त्री विष्णु पौडेलले नेपाल खेमाका योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि कुराकानी गरेका थिए ।

उता केही घण्टासम्म चलेको  राष्ट्रपति भण्डारीसँगको भेटपछि नेता नेपाल राति करिव १० बजेतिर शीतल निवासबाट निस्किएका थिए । एमाले पार्टीकै विवादमा केन्द्रित रहेको भनिएको उक्त भेट र अन्य भेटवार्तासमेतबाट कुनै सहमति भने जुट्न नसकेको जनाइएको छ ।

कोरोना महामारीले सम्पूर्ण राष्ट्र र गतिविधिहरूलाई आक्रान्त पार्दै गरेका बखत सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को चालचलन  देखेर जनता आश्चर्ययुक्त क्रोधले व्याकुल भएका छन् ।
 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…