Khabarpato logo

         

स्थानीय विकास

लापरबाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने जिप्रकाको तयारी

खबरदाता

खबरदाता

लापरबाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने जिप्रकाको तयारी

भक्तपुरको मध्यपुर थिमि–३, कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले  कारवाही गर्ने तयारी गरेको जनाइएको  छ । अस्पतालको  लापरवाहीका कारण दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएपछि कारवाही गर्ने तयारी भइरहेको हो ।

स्वीकृतिप्राप्त शय्याको संख्याभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमै अक्सिजनको व्यवस्था गर्न नसक्दा बिहीबार राति सोही अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा भक्तपुर कमलविनायकका ४५ वर्षीय र पोखरा स्थायी घर भएका ६० वर्षीय गरी दुई जना पुरुष छन् । कमलविनायकका पुरुषको सोही अस्पतालमा र पोखराका पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

स्रोतका अनुसार पीडित पक्ष र अस्पताल व्यवस्थापन पक्षबीच शुक्रबार  छलफल गराइएको भए तापनि कारवाही प्रक्रिया अघि बढाउन नसकिएको बताइएको छ ।

अस्पतालमा बिहीबार दिउँसोदेखि नै अक्सिजनको अभाव भएको र राति एक सङ्क्रमितको अक्सिजन नभएकै कारण मृत्यु भएपछि अस्पतालले धमाधम बिरामीलाई अन्त लैजान आफन्तलाई दबाब दिएको बताइएको छ । १५ शैयाको अस्पतालमा बिहीबार २८ जना कोरोना सङ्क्रमितलाई भर्ना लिइएको थियो । एक सङ्क्रमितको अल्का अस्पताल ललितपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

उक्त अस्पतालले बिहीबार राति १४ बिरामीलाई अन्यत्र लैजान दबाब दिएको जनाईएको छ । अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै पीडितका आफन्तले राति नै अस्पताल परिसरमा नाराबाजी गरेका थिए । सोही क्रममा झडपको स्थितिसमेत आएको थियो । 

यसैक्रममा उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुई कोरोना सङ्क्रमितको परिवारलाई अस्पतालले क्षतिपूर्ति दिन मन्जुर भएको तर के कस्तो क्षतिपूर्ति दिने भन्नेबारेमा निर्णय भइनसकेको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…