Khabarpato logo

         

राजनीति

कांग्रेस संसदीय दलको बैठक आज २:०० बजे बस्ने, मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि आजै

खबरदाता

खबरदाता

कांग्रेस संसदीय दलको बैठक आज २:०० बजे बस्ने, मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि आजै

आगामी २७ वैशाखको विशेष अधिवेशनमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । बैठक आज शनिबार दिउँसो २:०० बजे बस्नेछ ।

प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल गर्ने र सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

मंगलबार बसेको कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने अभियानलाई असफल बनाउने निर्णय गरेको थियो ।

यसैगरी प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ ५:०० बजे बस्नेगरी मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । यस्तोमा शनिबार साँझका लागि आकस्मिक रुपमा बोलाइएको बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

स्रोतका अनुसार बैठकको एजेण्डाबारे केही जानकारी दिइएको छैन ।

 

 

 

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…