Khabarpato logo

         

राजनीति

सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

खबरदाता

खबरदाता

सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने


आइतबार साँझका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले  बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार एक  प्रेस विज्ञप्ति जारी गर्दै उक्त बैठकमा भाग नलिने बताएका हुन् । सभापति देउवाले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश 'पार्टीगत मनसायबाट प्रेरित भएको' उल्लेख गर्दै उक्त  बैठकमा भाग नलिने जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, '…संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ' ।

यसअघि नै सभामुख एवं संवैधानिक परिषद्का सदस्य अग्निप्रसाद सापकोटाले परिषद्सम्वन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले आफूले उक्त बैठकमा भाग नलिने जनाइसकेका छन् ।

त्यस्तै संवैधानिक परिषद्का सदस्यसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले  न्यायिक मान्यताअनुसार उक्त बैठकमा उपस्थित हुन नमिल्ने संविधानविदहरुको भनाइ छ ।

सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीश राणा उपस्थित संवैधानिक परिषदले गरेको निर्णयउपर परेका विभिन्न मुद्धाहरू राणासमेतको संवैधानिक इजलाशमा विचाराधीन रहेको अवस्था छ ।

यदी ५ जनाको संवैधानिक परिषदमा देउवा, राणा र सापकोटा उपस्थित नहुने हो भने बैठक बस्नका लागि गणपूरक संख्या (३) नपुग्ने स्पष्ट हुन्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…