Khabarpato logo

कला/साहित्य

टेको

असिम सागर

असिम सागर

टेको

चारैतिर लगाएर टेको
बडो मुस्किलले उभिएको छ घर ।

यति धेरै चर्किएका छन् कि घरका भित्ताहरू
जहाँबाट छिरेको चिसो बतासले
रातभर खोकिरहन्छ अस्ताउन लागेको बूढो घाम ।

दलिनमा चढेर
जब छेपारोले धुलो खसाल्छ
'भुइँचालो भुइँचालो' भन्दै रुन्छन् कराउँछन्
चम्किन लागेका चिचिला ताराहरू
त्यही घरको बरण्डामा ओर्लिएर 
आधा हाँसिरहेछ जून ।

यो घरलाई भत्किनबाट जोगाउन
काँध थाप्नुपर्ने दायित्व 
तिम्रो पनि हो, मेरो पनि हो
साँल्दाइ !
केवल मेरो भन्दैमा घर आफ्नो हुँदैन ।

कुनै पनि बेला
भाँचिन सक्छ टेको
टेको भाँचियो भने
घर ढल्ने खतरा मात्र होइन 
ढल्छ नै ।

आफू धुरी खाँबो बनेर
टेको हटाउनुपर्नेमा
हामी टेको थप्दै जाँदै छौँ
आफ्नो घरलाई यसरी 
आफैँ धरापमा पार्दै छौँ ।

म त्यो प्रतीक्षामा छु
बिनाटेको उभिन सक्ने
आत्मनिर्भर घर कहिले बन्ला ?
साँच्चै सपनाको घर कहिले बन्ला ?

लाग्छ-
टेको पनि यही प्रतीक्षामा छ
कहिले यो घर ढल्छ
र आँगन मेरो हुन्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि