Khabarpato logo

कला/साहित्य

छ्याप्प ! छ्याप्प !! छ्याप्प !!!

आकाश शर्मा

आकाश शर्मा

छ्याप्प ! छ्याप्प !! छ्याप्प !!!

शहीदको रगत
टुहुराको आँसु
विधवाको रङ
अबलाको चित्कार
मातृभूमिको दीर्घव्यथा र समयको आह्वान
गरिबको रित्तो पेट र गरिबीको नग्न पुकार
ज्युँका त्युँ रहेका बेला
संसारै रोगग्रस्त भइरहँदा
उसैगरी
नयाँ पिर्कामा आसिन भएर
मैलो, मुलुकभक्षी बैठक चल्दै छ
इमान, जमान र न्यायको दीप निभाउन 
झ्याप्प ! झ्याप्प !! झ्याप्प !!!

नौटंकीबाज
धोकेबाज
'लुट' व्यवसायी
सेतो लगाएका काला
कालै लगाएका साला
- जुके, किर्ने र गिद्देहरू
जनभक्षक
धन पिपासु
राष्ट्रघाती
खुराफाती
धुर्त/दुष्ट 
लम्पटहरू
चाटिरहेछ्न् राष्ट्र-रक्तको मिठास
ल्याप्प ! ल्याप्प !! ल्याप्प !!!

भ्रष्टाचार, दुराचार, अत्याचार नगर्ने
'घुस' नखाएका
कहिल्यै तिकडमबाजी, शोषण, अन्याय नगरेका
मसिनो मुस्काएर
साधारण बाँच्ने 
कुरामा लोभ्याएर छुरा नचलाउने
प्रकृतिमै पालिएका
प्रकृतिप्रदत्त प्राणात्माहरू-
निर्दोष लाखौँ राँगा
निरीह कयौँ बोका
सोझा असंख्य भेडाहरू
चौराहामा किलामा बाँधेर 
छिनाइंँदै छन् 
छ्याप्प ! छ्याप्प !! छ्याप्प !!!

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि