Khabarpato logo

         

बहस

उपेन्द्रले मन्त्रीलाई सोधे स्पष्टीकरण, निर्वाचन आयोगले दिएन कारबाहीलाई मान्यता

खबरदाता

खबरदाता

उपेन्द्रले मन्त्रीलाई सोधे स्पष्टीकरण, निर्वाचन आयोगले दिएन कारबाहीलाई मान्यता

जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद चुलिएको छ । जसपाबाट सरकारमा सहभागी भएका भनिएका मन्त्रीहरूलाई अर्का अध्यक्ष उपेन्द्र यादवले बिना पार्टीको निर्णय सरकारमा सहभागी भएको भन्दै स्पष्टीकरण सोधेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो खेमाबाट उपप्रधान तथा  शहरी विकासमन्त्री राजेन्द्र महतोको नेतृत्वमा ९ जना मन्त्री र २ जना राज्यमन्त्री सहभागी भएका छन् ।

यसैबीच निर्वाचन आयोगले जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई गरेको कारबाही अमान्य भएको बताएको छ साथै पार्टीको पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ ।

यादव खेमाले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई निश्कासन गरेको थियो भने ठाकुर खेमाले यादवलाई निश्कासन गरेको थियो । दुवैले निर्वाचन आयोग समक्ष राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए । परन्तु, आयोगको पदाधिकारीहरूको आइतबार बसेको बैठकले दुवै खेमाले एकअर्कालाई गरेको कारबाही विधानसम्मत नभएको जनाउँदै उक्त कारबाहीलाई अमान्य घोषणा गरेको छ ।

पदाधिकारी हटाउने वा निश्कासन गर्नु र हेरफेर वा परिवर्तन गर्नु फरक भएको जनाउँदै निर्वाचन आयोगले ऐनको दफा ५१ मा भएको पदाधिकारी हेरफेर शब्दले पदाधिकारीको निश्कासनसम्म अर्थभाव प्रष्ट प्रकट नगर्ने निष्कर्ष निकालेको छ ।

आयोगले उक्त ऐनको दफा ५१ मा भएको व्यवस्थाको भावना एउटै दलका २ जना अध्यक्षले छुट्टाछुट्टै पदाधिकारी बैठक गरी फरक फरक निर्णय गरेर जानकारी गराउँछन् भन्ने अनुमान गर्न नसकिने बताएको छ । साथै आयोगले केन्द्रीय समितिको बहुमत सदस्यको निर्णयबमोजिम अर्को पक्षले इन्कार गरेको नदेखिने गरी प्रचलित कानुनबमोजिम पदाधिकारी हेरफेर गरेको जानकारी गराउनुपर्ने जनाएको छ । आयोगको निर्णयमा भनिएको छ, ‘एक अध्यक्षले गरेको निर्णयलाई अर्को अध्यक्षले चुनौती दिई इन्कार गर्दछ भने त्यो विवादको विषय बन्न सक्छ र उक्त विषय ऐनको दफा ५१ को प्रक्रिया अवलम्बन गरी सम्पादन गर्न मिल्ने भन्ने हुँदैन ।'

आयोगले २ जना अध्यक्ष भएको जसपाको एउटा मात्र अध्यक्षको हस्ताक्षर गरेको पत्रका आधारमा पदाधिकारीसम्बन्धी विवरण हेरफेर हुन नसक्ने जानकारी गराएको छ । 'राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ मा, 'ऐनको दफा ५१ अनुसार पदाधिकारी हेरफेर भएमा प्रमुख पदाधिकारी वा अधिकार प्राप्त अधिकारीले जानकारी गराउनुपर्छ' भनिएको छ । त्यसैगरी सोही ऐनको दफा २ को खण्ड (ज)मा 'पदाधिकारी भनेको केन्द्रीय समितिको पदाधिकारीलाई दलको पदाधिकारी सम्झिनुपर्छ' भनिएको छ ।

आयोगले जसपाको अन्तरिम विधानलाई उद्धृत गर्दै उक्त अन्तरिम विधानमा कार्यकारिणी समितिमा २ जना अध्यक्ष रहने व्यवस्था भएको उल्लेख गर्दै आयोगले एक जना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिकारीबाट जानकारी गराएको विषय हो भनी भन्न नसकिने स्पष्ट पारेको छ ।

आयोगमा पेस भएको जसपाको अन्तरिम विधान दुवै अध्यक्षले प्रमाणित गरेको, कार्यकारिणी समितिमा २ जना अध्यक्ष रहेको र विधानको धारा १५ को उपधारा (३)मा 'केन्द्रीय समितिको बैठक अध्यक्षको निर्देशनमा बोलाइनेछ' भन्ने व्यवस्था गरिएको छ । त्यसैगरी उक्त अन्तरिम विधानको धारा ४९ मा 'कुनै सदस्य वा समितिलाई अनुशासनको कारबाही गर्न सक्ने व्यवस्था भएको र धारा ५० मा कुनै तहको समितिको अध्यक्षलाई हटाउँदा माथिल्लो समितिले अनुमोदन गर्नुपर्नेछ' भन्ने व्यवस्था भएको उल्लेख गर्दै आयोगले‌ माथिल्लो समितिबाट अनुमोदन लिएको नदेखिएको कारबाहीलाई विधानसम्मत कारबाही भएको भन्न नमिल्ने निर्णय सुनाएको छ ।

यसरी जासपाका होनहार नेताहरूले एकअर्कालाई हदैसम्मको कारबाही गरी अद्यावधिक गराउन निर्वाचन आयोगमा दिएका निवेदन कानुनबमोजिम नरहेको निर्वाचन आयोगको ठहर छ । एक अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष ठाकुरसँगै राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र अर्का अध्यक्ष ठाकुरले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निश्कासन गरेका थिए । आयोगले राजनीतिक दलसम्बन्धी नियम २५ को उपनियम (५) अनुसार जसपाको पदाधिकारी विवरण साविककै कायम रहेको समेत उल्लेख गरेको छ ।

जसपा कारबाही प्रकरणमा आयोगको यस निर्णयले हाललाई एउटै पार्टीको झण्डामुनि रहेर कुटामार गरिरहन जसपाका नेताहरूलाई मार्गप्रशस्त भएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…