Khabarpato logo

         

अर्थ/वाणिज्य

धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिले उब्जाएको प्रश्न

बालिका शर्मा

बालिका शर्मा

धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिले उब्जाएको प्रश्न

पुँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ, कर्नरिङ तथा सर्कुलर ट्रेडिङको विषयमा अनुसन्धान गर्ने भनी ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको छ । विगत १ वर्षमा भएको अस्वाभाविक कारोबार तथा मूल्य वृद्धिको विषयलाई लिएर छानबिन तथा अनुगमनका लागि उक्त कम्पनीको छनोट गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बोर्डले केही समय अगाडि पनि लगानीकर्तालाई हल्लाको भरमा लगानी नगरी अध्ययन गरेर मात्र लगानीको निर्णय लिन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको थियो ।

बोर्डले शेयर बजारमा भइरहेको अस्वाभाविक कारोबारको विषयमा गर्न लागेको अध्ययन ज्यादै प्रशंसनीय कार्य हो । यदि साँच्चै स्वच्छ रूपमा छानबिन भई दोषीले कारबाही र पीडितले न्याय तथा क्षतिपूर्ति पाउने सुनिश्चित भएमा यस कामलाई राम्रै मान्न सकिन्छ ।

लगानीकर्ता बोर्डले विगतमा गरेको छानबिन र कारबाहीप्रति सन्तुष्ट थिएनन् र यस पटक पनि सन्तुष्ट हुने आधार देखिएको छैन ।

बोर्डले अनुमान गरेजस्तै यी कम्पनीका कारोबारमा कसुर देखिएमा के कारबाही हुने भन्ने कुरा स्पष्ट छैन । यसअघि अजोड इन्स्योरेन्सको कारोबारमा इन्साइडर ट्रेडिङ भएको भनी उजुरी परेसँगै बोर्डले छानबिन गरेको थियो । उक्त कम्पनीको इन्साइडर ट्रेडिङ भएको प्रमाणित भए पनि कारबाहीको स्पष्ट नियम नभएको भनी दोषिमाथि कुनै कारबाही भएको थिएन तथापि बोर्डले जारी गरेको विज्ञप्तिमाथि प्रश्न गर्ने ठाउँ भने प्रशस्त छन् ।

५१ वटा कम्पनीको भोलिदेखि नै कारोबार बन्द हुन्छ कि हुँदैन ? 'शंकास्पद कम्पनी' भनी सार्वजनिक गर्ने तर कारोबार भने खुला राख्ने बोर्डको नियत के हो ? कम्पनीको खरिद-बिक्री रोक्का नगरी गरिने छानबिन कतै यिनै कम्पनीका शेयर बेचेर बाहिरिएका ठूला लगानीकर्ताकै मिलेमतोमा त भएको छैन ?

शेयर बजार अत्यन्त संवेदनशील क्षेत्र हो । यी ५१ कम्पनीका कारोबारमा भएका भनिएका कसुर हुन् वा होइनन् भनी छानबिनका लागि प्रारम्भिक छनोटमा पर्नु र कसुर प्रमाणित हुनु नितान्त फरक कुरा हुन् । बोर्डले बजारमा हुने अस्वाभाविक गतिविधि रोक्नुपर्छ तर सँगसँगै न्यायका स्थापित सिद्धान्त पनि पालना गर्नुपर्छ र उपभोक्ताको हितलाई पनि उत्तिकै ध्यानमा राख्नुपर्छ ।

लगानीकर्ताको हित संरक्षण, पुँजी बजारको विकास र बिस्तारका लागि जिम्मेवार निकायले गर्ने कार्य लगानीकर्ताको हितविपरीत र त्रुटिपूर्ण कदापि हुनुहुँदैन । यदि लगानीकर्ताको हितका लागि भएको छानबिन हो भने भोलिदेखि नै यी कम्पनीको कारोबार रोक्का गरी स्वच्छ र पारदर्शी ढंगले छानबिन हुनुपर्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…