Khabarpato logo

         

खेलकुद

नेदरल्याण्ड्स र बेल्जियम अन्तिम १६ मा प्रवेश

एजेन्सी

एजेन्सी

नेदरल्याण्ड्स र बेल्जियम अन्तिम १६ मा प्रवेश

युरो २०२० अन्तर्गत गएराति भएको खेलबाट बेल्जियम र नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह 'सी' मा रहेको नेदरल्याण्ड्सले लगातार दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

नेदर्ल्यान्ड्सले गएराति भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो । उक्त खेलमा नेदरल्यान्ड्सका मेिम्फस डिपे र डेन्जेल डम्फ्रेजले १/१ गोल गरे ।

समुह 'सी' कै अर्को खेलमा युक्रेनले उत्तरी मेसेडोनियालाई २–१ ले हरायो । जितसँगै युक्रनेले अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राख्दा उत्तरी मेसेडोनियाको यात्रा समूह चरणमै टुंगिने निश्चित भएको छ ।

त्यस्तै समुह ‘बी’ को गएराति भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै बेल्जियम पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदान कोपन हेगेनमा गएराति भएको खेलमा  डेनमार्कका योसुफ पौल्सेनले दोस्रो मिनेटमै एक गोल गरेका थिए । पहिलो हाफमा जवाफी गोल फर्काउन नसकेको बेल्जियमले दोस्रो हाफमा थोर्गन हाजार्ड र केभिन डे ब्रायनको १/१ गोलको मद्दतले डेनमार्कलाई‌ पराजित गरी  लीग चरणको एक खेल बाँकी छँदै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

आज पनि युरो २०२० का तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ७ बजे आयरल्याण्डको डब्लीनमा हुने खेलमा स्विडेन र स्लोभाकियाका बीचमा प्रतिस्पर्धा हुनेछ भने राति पौने १० बजे स्कटल्याण्डको ग्लास्गोमा क्रोएसियाले चेक रिपब्लिकसँग खेल्नेछ । त्यस्तै राति पौने १ बजे लण्डनमा हुने खेलमा इंग्ल्याण्ड र स्कटल्याण्डको भिडन्त हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …