Khabarpato logo

         

प्रवास

पार्टीको बैठकमा उत्तर कोरियाली नेता किमको बाहिरी बिश्वसंग संबन्ध सुधार गर्ने वाचा

खबरदाता

खबरदाता

पार्टीको बैठकमा उत्तर कोरियाली नेता किमको बाहिरी बिश्वसंग संबन्ध सुधार गर्ने वाचा

पार्टीको एउटा मूख्य संम्मेलनको तेस्रो सत्रलाई संबोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ उन ले बाहिरी बिश्वसंगको मुलुकको संबन्धमा दीगो सुधार गर्नु पर्ने आवश्यकता रहेको कुरामा जोड  दिए ।

उत्तर कोरियाली संचार माध्यमकाअनुसार नेता किमले आफ्नो प्रतिद्वन्दी दक्षिण कोरियासंगको सम्बन्धको समेत पुनरावलोकन गरेको भएता पनि आगामी दिनमा कस्तो कदम चालिने छ भन्ने चाहिँ प्रष्ट पारेनन् । देशमा  गहिँरिदो  आर्थिक संकटको सामना गरिरहेका किमले सत्तासीन वर्कर्स पार्टीको पाँच बर्षमा भएको पहिलो सभामार्फत शान्ति प्रक्रियालाई अघि बडाउन इच्छुक रहेको संदेश प्रेषित गर्ने अपेक्षा पर्यवेक्षकहरुले गरेका थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दा नेता किमले अघिल्लो आर्थिक विकास योजना  विफल भएको स्वीकार गर्दै उक्त योजना असफल हुनमा कोविड-१९ माहामारीका कारण सिमाना बन्द भएको, देशमा विभिन्न प्राकृतिक प्रकोपका घटना घटेको एवं अमेरिकी प्रतिबन्ध जस्ता कुराहरुलाई जिम्मेवार बताएका थिए ।

अमेरिकाको नयाँ राष्ट्रपति पदमा निर्वाचित जो वाइडेनले नेता किमलाई 'ठग' काे संज्ञा  दिए पछि उनले कार्यभार सम्हाले लगत्तै उत्तर कोरियासंग वार्तामा बस्ने सम्भावना नरहेको जानकारहरु बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राहदानी विभागले आइतबार पनि सेवा दिने

राहदानी विभागले आइतबार पनि सेवा दिने

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्न…

१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वै…

एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

गैरआवासीय नेपाली संघको २४ र २५ तारिखमा हुने निर्वाचनमा ३ हजार ९८ जना मतदाता मात्र…

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । म…