Khabarpato logo

         

फिचर/स्थानीय विकास

म्यान्मारमा हिंसा रोकिएन: मृतक क्याल सिनको तस्वीर भाइरल

एजेन्सी

एजेन्सी

म्यान्मारमा हिंसा रोकिएन: मृतक क्याल सिनको तस्वीर भाइरल

म्यान्मारमा गत १ फेब्रुअरीमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेको  विरोधमा चर्किएको शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाबलको गोली एवं ग्रिनेड प्रहारबाट  बिहीबारसम्म कम्तीमा ५४ जना मारिएको संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ ।

बिहीबार 'कू'विरोधी प्रदर्शनका क्रममा मन्डालेमा गोली लागी मारिएकी एक १९ वर्षीय महिलाको दाहसंस्कारमा ठूलो भीड जम्मा भएको बताइएको छ ।

एन्जेल भनेर चिनिने क्याल सिन नाम गरेकी ती युवतीको मृत्युको समयमा लगाएको टी-सर्टमा 'सबै कुरा ठीक हुनेछ' लेखिएको थियो । मानिसहरूले सामाजिक संजालमा उनलाई श्रद्धाञ्जलि दिँदै 'हिरो'को उपमा दिएका छन् ।

प्रदर्शनमा भाग लिँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मृतक क्याल सिनले फेसबुकमा आफ्नो रक्त समूहको विवरण  लेख्दै उक्त घटनामा उनको मृत्यु भए शरीरका अंगहरू दान दिइदिन अनुरोध गरेकी थिइन् ।

'सबै कुरा ठीक हुनेछ' लेखिएको टी-सर्ट लगाएको ती युवतीको तस्वीर भाइरल भएको थियो ।

मानवअधिकारका लागि संयुक्त राष्ट्र संघीय उच्च आयुक्त मिचेल बाचिलेटले शान्तिपूर्ण प्रदर्शनमाथिको निमर्म दमन बन्द गर्न सेनालाई आह्वान गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…