Khabarpato logo

         

फिचर/स्थानीय विकास

नासाको पर्सविरन्स रोवरद्वारा मंगलको अन्वेषण सुरू

एजेन्सी

एजेन्सी

नासाको पर्सविरन्स रोवरद्वारा मंगलको अन्वेषण सुरू

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सविरन्स रोवरले आफ्नो पाङ्ग्रा निकालेर मंगल ग्रहको सतहमा हिड्न सुरु गरिसकेको जनाइएको  छ ।

नासाका अनुसार मंगल ग्रहको भूमध्यरेखा नजिकै जेजेरो नाम दिइएको क्रेटरमा अवतरण गराइएको उक्त रोवर त्यस ग्रहमा जीवनको अवशेषको प्रमाण खोज्ने उद्देश्यले पठाइएको हो ।

मंगलको आगामी १ वर्ष (पृथ्वीको झण्डै २ वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने त्यस रोवरले अर्बौं वर्षअघि ठूलो ताल रहेको अनुमान गरिएको त्यो क्रेटरमा प्राचीन जीवनको अवशेष पत्ता लगाउन कोसिस गर्ने अपेक्षा गरिएको छ ।

पर्सविरन्सको पहिलो लक्ष्य पृथ्वीबाट लगिएको सानो हेलिकोप्टरको परीक्षण गर्नु रहेको बताइएको छ ।

उक्त रोवरले आगामी केही हप्ता २ किलोग्राम तौल भएको इन्जिन्युटी नाम दिइएको उक्त हेलिकोप्टरलाई राख्ने सुरक्षित स्थानको खोजी गर्नेछ । त्यो हेलिकोप्टर अहिले पर्सविरन्सको पेट (बीचको भाग)को मुनिपट्टि राखिएको छ ।

अत्याधुनिक स्वचालित प्रणाली जडान गरिएका कारण पर्सविरन्स नासाले पठाएका रोवरहरूमध्ये सबैभन्दा छिटो हिँड्ने रोवर हो ।

अगाडिको बाटोका बारेमा पत्ता लगाउन अघिल्ला रोवरहरूले रोकिएर फोटो खिच्नुपर्थ्यो तर पर्सविरन्सले भने हिँड्दा हिँड्दै फोटो खिच्न सक्ने नासाका वैज्ञानिकहरूले उल्लेख गरेका छन् ।

हालसम्मकै उन्नत प्रविधिको प्रयोग भएको पर्सविरन्सको शाब्दिक अर्थ 'हरेक जटिलताका बाबजुद आफ्नो लक्ष्यप्राप्तिका लागि प्रयास गरिरहने' भएकाले त्यो रोवरले अपेक्षित कार्य कूशलतापूर्वक संपन्न गर्नेमा वैज्ञानिकहरू आशावादी छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…