Khabarpato logo

         

बहस

अध्यक्ष ओलीको बोलीमा महासचिव ईश्वर पोखरेलको लोली: 'गुटको भेलामा गए कारबाही !'

खबरदाता

खबरदाता

अध्यक्ष ओलीको बोलीमा महासचिव ईश्वर पोखरेलको लोली: 'गुटको भेलामा गए कारबाही !'

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको रडाको साम्य हुने छाँटकाट देखिएको छैन । लामो समयदेखिको एमालेको अन्तरकलह सतहमा आएर छताछुल्ल भइसक्दा अब सरकारको अवस्था के हुने र मुलुकको राजनीतिक, सामाजिक, आर्थिक दिशा कता जाने भन्ने अन्योल बढेको छ ।

तत्कालीन माओवादी केन्द्रसँग गरिएको भनिएको 'एकता' टुंगोमा पुग्नै नपाई सर्वोच्च अदालतको फैसलाले 'ए! कता?' बनाइदिएपछि माओवादी केन्द्र र एमाले आआफ्नै साविकका चौतारामा दु:ख बिसाउन आइपुगेका छन् । केपी ओलीको 'शेखी झार्न' घाँटी र आन्द्रा जोड्दै गएका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, भीम रावल, योगेश भट्टराईहरू पनि सर्वोच्चको फैसलापछि 'आआफ्नै चौतारोमा झण्डा र डण्डा उफार्ने' सहमतिसहित ओलीविरुद्धका गतिविधिमा छन् ।

यसबीच हिजो अध्यक्ष केपी ओलीले 'ललिपप'का लागि बोलाएको बैठकबाट तीतो मुख लिएर फर्किएका नेपाल-खनाल खेमाले ओलीविरुद्धका आफ्ना गतिविधि, कार्यक्रम र अभियान जारी राख्ने निर्णय गर्‍यो । सोही क्रममा ४-५ चैतमा नेपाल-खनाल खेमाले आफ्ना पक्षका नेता, कार्यकर्ताको राष्ट्रिय भेला गर्दै छ । 

उता, आजै अध्यक्ष ओलीले बालिवाटारमा चियापान आयोजना गरेका थिए । उक्त चियापानमा 'पानी बाराबार' शैलीमा असन्तुष्ट नेपाल-खनाल पक्षका कुनै नेता, कार्यकर्ता गएनन् अर्थात् नेपाल-खनाल खेमाले 'ओलीको पानीसमेत नखाने' निर्णय गर्‍यो, चियापान बहिष्कार गर्‍यो ।

त्यसपछिलाई के चाहियो पार्टी र सरकार दुवैतिर सत्तामा हालिमुहाली गरेका 'सत्ता नायक' ओलीलाई ! चियापानस्थलबाटै गर्जिए- 'खबरदार मेरा प्यादाहरू हो- मेराविरुद्ध कतै गुटबन्दी गरौला, खेल खेलौला, मलाई सरापौला, मेरा कुर्सीमा आगो लगाउने चेष्टा गरौला ।'

तर, नेपाल-खनाल खेमाले ओलीको गर्जनलाई तिहारमा केटाकेटीले पड्काउने खुर्सानी पटाकाभन्दा ठूलो ठानेनन ।ओलीले आफ्ना आसेपासेलाई, जयजयकार गाउने भक्त-भजनमण्डलीलाई तातो चिया 'सर्भ' गर्दै गर्दा उता सानेपातिर नेपाल-खनाल खेमाले पत्रकार सम्मेलन गरेरै भोलि र पर्सिका लागि तय भएको आफ्नो खेमाको नेता, कार्यकर्ताको भेला गरेर 'देखाइदिने' उद्घोष गर्‍यो ।

ओलीलाई नेपाल-खनाल खेमाको भोलि र पर्सिको भेला रोक्न निकै सकस परिरहेको त दिउँसो बालुवाटारमा उनको हतास र आतेसपूर्ण बर्बराहटबाटै प्रस्ट भएकै थियो, फेरि रातको ९ बजेतिर आफ्ना महासचिव ईश्वर पोखरेलका नाममा अर्को 'धम्कीपत्र' प्रेषित गरेछन्- नेपाल-खनालका नाममा । उक्त धम्कीपत्रमा सिग्नेचर (हस्ताक्षर) मात्र ईश्वर पोखरेलको छ, बाँकी व्यहोरा त दिउँसै अध्यक्ष ओलीका मुखारबिन्दबाट प्रकट भई जगका धेरै सामु पुगिसकेकै थियो ।

हेर्नुस् धम्कीपत्र:  

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…