Khabarpato logo

कला/साहित्य

वरिष्ठ पत्रकार रिसाल अभिनन्दित, स्रष्टाहरू प्रतीक ढकाल र गणेश रसिक पुरस्कृत

खबरदाता

खबरदाता

वरिष्ठ पत्रकार रिसाल अभिनन्दित, स्रष्टाहरू प्रतीक ढकाल र गणेश रसिक पुरस्कृत

वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाललाई अभिनन्दन गरिएको छ । निबन्धकार शंकर लामिछानेको ९४औँ जन्मजयन्तीको अवसरमा शंकर लामिछाने प्रतिष्ठानद्वारा रिसाललाई बिहीबार अभिनन्दन गरिएको हो ।

रिसालसँगै लेखक गणेश रसिकलाई ५० हजार रुपैयाँ नगदसहित शंकर लामिछाने निबन्ध पुरस्कार र नियात्राकार प्रतीक ढकाललाई २५ हजार रुपैयाँ नगदसहित शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा दया फाउन्डेसनलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लामिछाने देवकोटापछिका सबैभन्दा सशक्त निबन्धकार भएको बताए ।

कार्यक्रममा अभिनन्दित व्यक्तित्व भैरव रिसाल, पुरस्कृत व्यक्तित्वहरू गणेश रसिक र सम्मानित संस्था दया फाउन्डेसनका संस्थापक एवं निवर्तमान अध्यक्ष किपा माथेमाले अभिनन्दन, पुरस्कार र सम्मानका लागि आभार व्यक्त गरे ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि