Khabarpato logo

कला/साहित्य

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

खबरदाता

खबरदाता

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

साहित्य सन्ध्या पुरस्कार, २०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गर्ने भएको छ । 

साहित्य सन्ध्या नेपालले बिहीबार सो पुरस्कार डा. समीरलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्यमा, विशेष गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई १५ चैतमा हुने समारोहमा १५ हजार रुपैयाँ राशिसहित सो पुरस्कार प्रदान गरिनेछ ।

डा. समीरका बहुचर्चित 'मृत्युको आयु'लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

त्यस्तै , एसओएस बालग्राममा कक्षा १० मा अध्ययनरत अभिभावकको बात्सल्य गुमाएकी पढाइका अलावा बालसाहित्यका क्षेत्रमा समेत योगदान गरिरहेकी छात्रा बन्दुमाया राईलाई १० हजार रुपैयाँ राशिको २०७६ सालको ‘साहित्य सन्ध्या-मन पुरस्कार तथा सम्मान’ दिइनेछ । 

यसैगरी दैलेखमा जन्मिएर नेपालगञ्जलाई कर्मक्षेत्र बनाएर प्राध्यापन, वैचारिक अभियान, साहित्यिक संस्थाको नेतृत्वसमेतमा सक्रिय रही विविध विधामा नेपाली प्रगतिवादी साहित्यमा उल्लेख्य योगदान गरिरहेका हरिप्रसाद तिम्सिनालाई ‘साहित्य सन्ध्या-कृधा (कृष्णचन्द्र–बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’ तथा तेह्रथुम जिल्लामा जन्मिएर सुनसरी जिल्लाको चक्रघट्टीमा स्थायी बसोबास भई नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै नियात्रालेखन तथा प्रकाशनमा सक्रियताका साथ लागिरहेका खेमनाथ दाहाललाई १० हजार रुपैयाँ राशिको ‘साहित्य सन्ध्या-हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’ दिइने सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए । 

सन्ध्याले सम्पन्न गर्ने वार्षिक ११ वटा मासिक शृङ्खलामध्ये १० वटामा नियमित उपस्थित भई सिर्जना वाचन गर्ने १ जना स्रष्टालाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रदान गरिँदै आएकामा यस वर्ष महामारीका कारण भौतिक र भर्चुअल गरी ९ वटा मासिक शृङ्खला सम्पन्न गरिएको र त्यसमध्ये ८ वटा शृङ्खलामा सक्रियताका साथ सहभागी सीताराम नेपाललाई २०७६ सालको ५ हजार रुपैयाँ राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ दिइनेछ ।

ती पुरस्कार यही १४ चैतमा जुम क्लाउड मिटिङका माध्यमबाट आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने बताइएको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि