Khabarpato logo

कला/साहित्य

मेरो ईश्वरको मृत्यु

आकाश शर्मा

आकाश शर्मा

मेरो ईश्वरको मृत्यु

कतै मूर्ति राखेर
कतैै प्रतिमा 
कतै आकाशतिर फर्किएर 
कतै भुइँमा पसारिएर
कतै हात जोडेर 
कतै हात ठड्याएर
कतै मुन्टो उठाएर र कतै झुकाएर
मैले फूल र दूध चढाएको
मैले भाङ र धतुरोले पोषेको
मैले पवित्र रमले तृप्त्याएको
मैले उल्टो सुल्टो रेटेर रगत मासु खुवाएको
मैले सिरानी दिशाको कुनामा आरामसँग बसाएको
मैले श्वेत वस्त्र धारण गरी प्रार्थना गरेको
मैले गेरु वस्त्र पहिरेर भक्ति गरेको
मैले कालो बस्त्र लगाएर पुकारेको
मैले ध्यानपूर्वक रेखदेख गरेको
मैले विश्वास र भरोसा गरेको
मैले मेरो मन-मुटुमा स्थापित गरेको त्यो
मेरो प्यारो ईश्वरको 
हा, दैव !
आज मृत्यु भयो ।

आफ्नो दु:ख खोस्ला भनेर
इच्छित कांक्षानुसारको सुख बर्साउला भनेर
आफ्नो तौल बढाइदेला
उचाइ अग्ल्याइदेला
चित्त शान्त गर्ला
खुसी पार्नुपर्ला भनेर
अर्काको लहु पोतेर आफ्नो ओठ सिँगार्न
अरूको छाला काडेर आफ्ना आँखाका पीडा पुछ्न 
अरू सबैलाई छोट्याएर आफू लम्बिन
आफ्नो जीवनमा हरियाली छर्न
ढुङ्गो देखे नि उसैलाई ढोगेँ
मन्दिर, मस्जिद, चर्च र गुम्बा धाएँ
छोराछोरीको गाँस काटेर भाले उसैलाई खुवाएँ
शक्ति लाएर सयपत्री चुँडेर चडाएँ
सुत्दा, उठ्दा, खाँदा, हिँड्दा
उसैको नाउँ लिएँ
भक्तिपूर्वक उसैमा समर्पित थिएँ
मेरो सासको डोरी गाँठिएको त्यो
मेरो प्यारो ईश्वरको 
हा, दैव !
आज मृत्यु भयो ।

सहस्राब्दीको मेरो परिश्रम
दृष्टिहिन रहेछु, देख्छु ठानेँ
चेतहीन रहेछु, बुझ्छु ठानेँ
थोरै रहेछु, धेरै ठानेँ
निद्रा मा हिडेछु, तन्द्रा ठानेँ
ठानेकोलाई नै सत्य मानेँ
गीता, बाइबल कन्ठस्थ पारेँ
कुरान र त्रिपिटक छिचोलेँ
बलियो देखे निहुरिएँ
कमजोरलाई कुल्चिएँ
नदेखेकोसँग डराएँ
सँगैकोलाई निमोठेँ, सराप्दै कराएँ
आज त्यही सँगैको सँगै छ
जून, घाम भष्म भए
आकाशगंगाको पेटमा मदानी रगडिएको कर्कश आवाजले
मेरो निद्रा बिच्कियो
सपना लुप्त भयो
मैले आफैँलाई न्यछावर गरेको त्यो
मेरो प्यारो ईश्वरको 
हा, दैव !
आज मृत्यु भयो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि