Khabarpato logo

         

खेलकुद

ओलम्पिकमा पहिलो पटक विदेशी दर्शकलाई प्रवेश निषेध

एजेन्सी

एजेन्सी

ओलम्पिकमा पहिलो पटक विदेशी दर्शकलाई प्रवेश निषेध

टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

कोरोनाको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरूले नयाँ लकडाउन र प्रतिबन्धहरू घोषणा गरेसँगै टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ । 

पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानीसमेतका कतिपय भागमा नयाँ प्रतिबन्धहरू लगाइएका छन् । अधिकांश पसलहरु बन्द गरिएका छन् भने मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ । 

कोभिड- १९ फैलिन नदिने भन्दै सरकारहरूले लगाएका प्रतिबन्धको विरोधमा युरोपका विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन् । जर्मनीको कासेल शहरमा क्रुद्ध प्रदर्शनकारीको ठूलो समूह सडकमा आएको थियो । प्रहरी र प्रदर्शनकारीबीच त्यहाँ झडप पनि भएको छ । यसबाहेक लिस्टल, स्विट्जरल्यान्ड र लन्डनमा पनि प्रदर्शनहरू भएका छन् ।

कासेलमा भेला भएका प्रदर्शनकारीहरू 'लकडाउन अन्त्य गर' भन्दै प्लेकार्डसहित सडकमा आएका थिए । 

अफ्रिकामा, म्याडागास्करका राष्ट्रपति आन्द्री रजोलिनाले कोरोनाको खोप भ्रम रहेको भन्दै खोप अभियानको आलोचना गरेका छन् ।

केही समय मत्थर देखिन थालेको कोरोना सङ्क्रमण पछिल्लो समय पुनः सक्रिय भएको देखिएको छ । अघिल्लो साता विश्वभर कोरोनाको सङ्क्रमण १४ प्रतिशतले वृद्धि भएको एएफपीले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि चीनको सिनोफार्म खोप लगाएको २ दिनपछि कोभिड देखिएको छ । प्रधानमन्त्रीका प्रवक्ताले खान हाल आइसोलेसनमा बसेका र सामान्य लक्षण मात्र देखिएको बताएका छन् ।

फ्रान्समा एक तिहाइभन्दा बढी जनसंख्या लकडाउनमा रहेको छ तर यो लकडाउन विगतको जस्तो कठोर भने छैन । विद्यालयहरू खुलेका छन् भने सैलुन र चकलेट पसलहरू खुलेका छन् । 

कोभिडविरुद्धको अस्ट्राजेनिका खोपको विवाद अझै साम्य भएको छैन । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लायनले युरोपेली मुलुकलाई खोपमा प्राथमिकता नदिई अन्यत्र निकासी गर्ने क्रम नरोकिए पूरै निकासी रोक्ने चेतावनी दिएका छन् । 

अस्ट्राजेनिका कम्पनीले ९ करोड डोज खोप युरोपलाई दिने भने पनि हालसम्म ३० प्रतिशत मात्र आपूर्ति गरेको छ । कम्पनीले युरोपेली प्लान्टमा उत्पादनमा ढिलाइ भएको बताउँदै आएको छ ।

जर्मनीको फन्के सञ्चार समूहसँग कुरा गर्दै लायनले भने, 'हामीसँग निकासी रोक्नुबाहेक अर्को विकल्प छैन । यही नै अस्ट्राजेनिकालाई सन्देश हो । अन्य मुलुकका लागि खोप पठाउनुअघि युरोपलाई पहिले खोप दिनुपर्छ, नत्र हामी निर्यात रोकिदिन्छौँ ।'

अस्ट्राजेनिकाले युरोपेली युनियनमा आबद्ध मुलुकलाई खोप नदिई बेलायतलाई पहिलो प्राथमिकता दिएर पूरै खोप पठाएको युरोपेली युनियनको भनाइ छ । बेलायतले शनिबारसम्म कुल जनसंख्याको कम्तीमा आधा वयस्क जनसंख्यालाई कम्तीमा १ डोज खोप लगाएको छ ।

युरोपेली नियामक निकाय र विश्व स्वास्थ्य संगठनले अस्ट्राजेनिका खोप सुरक्षित र प्रभावकारी रहेको जनाए पनि डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्डले यो खोप लगाउनुअघि अस्ट्राजेनिकासम्बन्धी विस्तृत विवरण प्राप्त गर्न चाहेका छन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्स दुवैले शुक्रबार अस्ट्राजेनिका खोप लगाएका छन् । 

विश्वभर करिब ४० करोड डोज खोप लगाइए पनि टोकियो ओलम्पिक आयोजक समितिले ठूलो संख्यामा विदेशी दर्शकलाई तत्कालै आमन्त्रण गर्न नसकिने अवस्था रहेको जनाएको छ । 'हामीले सबै सहभागीका लागि सुरक्षित र भरपर्दो वातावरण सुनिश्चित गर्नुपर्छ', टोकियो ओलम्पिक आयोजक समितिका प्रमुख सेको हासिमोतोले भने, 'यो अपरिहार्य निर्णय हो ।'

ओलम्पिक खेलको इतिहासमै विदेशी दर्शकलाई आमन्त्रण नगरिएको यो पहिलो पटक हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …