इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट भारतको पुणेमा सुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गरेका थिए ।
यी २ टिमबीच ३ वटा एक दिवसीय क्रिकेट खेल हुँदै छन् ।
५ खेलको टी-२० क्रिकेट शृंखला ३-२ ले हारेको इङ्ल्यान्डले मोइन अली र साम बिलिङ्सलाई टिममा पुनः बोलाएको छ ।
भारतीय टिममा पनि अलराउन्डर क्रुनाल पान्ड्या र मध्य तीब्र गतिका बलर प्रसिध कृष्णलाई पहिलो पटक अवसर दिइएको छ । विकेट किपरको भूमिकामा रहने केएल राहुलले पाँचौँ क्रममा ब्याटिङ गर्नेछन् ।
भारतीय कप्तान विराट कोहलीले आफूहरूले ब्याटिङ गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
भारतीय टिममा रोहित शर्मा, शिखर धवन, श्रेयस ऐयर, विराट कोहली, केएल राहुल, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दूल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिध कृष्ण रहेका छन् ।
यस्तै, इङ्ल्यान्ड टिममा जेसन रोय, जोन्नी बेयरस्ट, बेन स्टोक्स, इअन मोर्गन, जस बटलर, साम बिलिङ्स, मोइन अली, साम कुरान, टम कुरान, अदिल रसिद र मार्क उड रहेका छन् ।
भारतले तेस्रो ओभरको खेल सकिँदा बिनाक्षति १० रन बनाएको छ । प्रारम्भिक ब्याट्सम्यानका रूपमा शिखर धवन र रोहित शर्मा रहेका छन् ।