Khabarpato logo

         

बहस

एमाले नेता विष्णु रिजाल भन्छन्: माधव नेपालबिनाको एमालेे संभव छैन

खबरदाता

खबरदाता

एमाले नेता विष्णु रिजाल भन्छन्: माधव नेपालबिनाको एमालेे संभव छैन

१. ०३१मा कोके स्थापना गर्दै ०३५ मालेका रूपमा क.आ. पुनर्गठन गर्ने र ०४७ मा एमाले निर्माण गरेर नेतृत्व गर्ने प्रमुख हस्तीका रूपमा @ncp_madhavnepal
एमाले धाराको प्रमुख नेता स्थापित हुनुहुन्छ । त्यसैले कसैले उहाँबिनाको एमाले कल्पना गर्दछ भने त्यो एकीकृत होइन, विभाजित मात्र हुन्छ ।

२. पार्टीका संस्थापक, सहयात्री र अगुवा नेताहरूलाई निश्कासन गरेर र मन्त्री खानका लागि सिद्धान्त र सांसद नै ‘त्याग’गर्नेहरूलाई साथमा लिएर बलियो एमाले बन्छ भनेर कसैले सोच्छ भने भन्नु केही छैन । यसले एमालेलाई विभाजित गर्दछ र हालका नेताहरूको नेतृत्वमा क्षतिपूर्ति गर्न सम्भव छैन ।

३. तत्कालीन नेकपाका बेलामा प्रधानमन्त्रीले पार्टीलाई थाहै नदिई प्रतिनिधिसभा विघटन गरेको र सडक आन्दोलन चलेको बेला भएका घटनाक्रमहरूलाई लिएर एमालेमा कारबाही अघि बढाउनु पार्टी फुटको घोषणा हो । तसर्थ स्पष्टीकरणको जवाफ प्राप्त भएपछि यसलाई एक दुःखद अध्यायका रूपमा यहीँ समाप्त गर्नुपर्छ ।

४. एमालेको एकता बचाउन विधानविपरीतका सम्पूर्ण क्रियाकलापहरू बन्द गर्नुपर्छ । फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनर्स्थापित एमालेको केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र बाधा अड्काउ फुकाउ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जेजे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्छ ।

५. अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले)को सरकारलाई बाँकी दुई वर्ष निरन्तरता दिनका लागि पार्टी एकताबद्ध हुनुपर्छ र अरू पार्टीसँग वार्ता गरेर बहुमत सुनिश्चित गर्नुपर्छ ।

६. हरहालतमा नेकपा (एमाले)को एकतालाई बचाउनुपर्छ । यसका लागि नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति, विधान र नेतृत्वलाई आधार बनाएर अघि बढ्नुपर्छ र दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्नुपर्छ ।

(नेकपा एमालेका युवा नेता विष्णु रिजालको ट्विटरबाट)

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…