Khabarpato logo

         

खेलकुद

खेलकुद समाचार: चितवन प्रिमियर लिग मंसिरमा

खबरदाता

खबरदाता

खेलकुद समाचार: चितवन प्रिमियर लिग मंसिरमा

दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सीपीएल) टी- २० क्रिकेट प्रतियोगिता आउँदो मंसिर महिनामा हुने भएको छ । सीपीएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मंसिर महिनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । 

प्रतियोगिताको पहिलो संस्करण गत माघ महिनामा भएको थियो । यस पटक विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण केही ढिलाइ हुन पुगेको हो ।

सीपीएलका संस्थापक तथा प्रबन्ध निर्देशक राजु चौधरीका अनुसार यस पटक प्रतियोगिता भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करण नारायणगढस्थित क्याम्पाचौरमा सञ्चालन भएको थियो । दोस्रो संस्करणलाई अझै व्यवस्थित र भव्य बनाउने प्रयास भइरहेको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिए । 

पहिलो संस्करणमा प्रत्येक टिममा ३ राष्ट्रिय खेलाडी अनिवार्य गरिएको थियो । आउने संस्करणमा राष्ट्रिय खेलाडीको सङ्ख्या बढाउने योजनामा आयोजक रहेको छ । चितवन क्रिकेट सङ्घको सहकार्यमा नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा हुने यस प्रतियोगितामा ५ वटा टोली रहेका छन् । यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि राप्ती र्‍यापिड्सले उचालेको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …