Khabarpato logo

कला/साहित्य

हाम्रो हिमाली शिर

राधा कणेल

राधा कणेल

हाम्रो हिमाली शिर

जङ्गे पिल्लर रत्ति सारिन गए उर्लन्छ कोसी सुन
गिद्दे दृष्टि लगाउने नजर त्याे फुट्ला नि ! आफैँ बुझ
लड्छाैँ ज्यान दिनै परे पनि यहाँ नेपालकाे खातिर
झुक्नेछैन हिमालझैँ अटल याे हाम्राे हिमाली शिर ।

हाम्रा पुर्वज वीरका निडरका गाथा पढ्याै ती भने
हारेकाे इतिहास छैन तिनले, हार्दा सबै विश्वले 
चल्छन् चम्चम यी अझै नि खुकुरी, लड्नै परे आखिर
झुक्नेछैन हिमालझैँ अटल याे हाम्राे हिमाली शिर ।

याे नेपाल स्वतन्त्र राज्य छ सधैँ, झुक्दैन कैले पनि
हाम्राे सम्प्रभुमा कुनै किसिमकाे बाधा नआओस् भनी
लड्छाैँ ज्यान दिएर याे मुलुककाे स्वाधीनता खातिर
झुक्नेछैन हिमालझैँ अटल याे हाम्राे हिमाली शिर ।

बारम्बार हजारचाेटि यसरी सीमा लगायाै किन ? 
खप्दैनाैँ रिपुकाे थिचाे दमन याे दिन्नौँ कतै उम्कन
हाँसी मर्न तयार छन् तर यहाँ छैनन् कुनै काँतर
झुक्नेछैन हिमालझैँ अटल याे हाम्राे हिमाली शिर ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि