Khabarpato logo

         

सं‌सार

मोजाम्बिकमा भीषण आक्रमण : दर्जनौँ मारिए, दशौँ हजार शहर छाडेर भाग्दै

एजेन्सी

एजेन्सी

मोजाम्बिकमा भीषण आक्रमण : दर्जनौँ मारिए, दशौँ हजार शहर छाडेर भाग्दै

इस्लामिक चरमपन्थीले मोजाम्बिकको उत्तरी क्षेत्रमा अवस्थित पल्मा शहरमा गराएको आतंकवादी आक्रमणमा परी दर्जनौँ मानिसहरूको ज्यान गएको छ भने केही बेपत्ता भएका छन् ।

समुद्री किनारमा पर्ने करिब ७५ हजार जनसंख्या रहेको  पल्मा शहरलाई उक्त समूहले कब्जामा लिएको र संंचार सम्पर्क पनि बिच्छेद भएकाले क्षतिको यकिन विवरण आई नसकेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार पूरै शहरमा शवहरू छरिएका छन् । केही शवहरू टाउको अलग भएको अवस्थामा पनि पाइएका छन् । 
यसबीच धेरै व्यक्तिहरू ज्यान जोगाउन पल्मा शहरबाट भागिरहेका छन् । 

मरिन ट्राफिकको एउटा  वेबसाइटलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार पल्मा शहर र पेम्बा बन्दरगाह नजिक धेरै संख्यामा मानिसहरू देखिएका छन् र उनीहरू ज्यान जोगाउन डुंगा चढेर पल्मा छाडिरहेका छन् ।

हतियारधारी समूहले सबैभन्दा पहिले पसल, बैंक र सेनाका क्याम्पहरूमा आक्रमण गरेका थिए । सो आक्रमणबाट जोगिन केही मानिसहरू होटलहरूमा लुकेर बसेका र केही भने केही जंगलतर्फ पनि भागेका बताइएको छ ।

ज्यान जोगाउन भाग्न खोज्नेहरूलाई सुरक्षित तरिकाले उद्धार गर्ने काम भइरहेको जनाइएको छ । समाचार एजेन्सीहरूका अनुसार आइतबार दिउँसो १ हजार ४०० जनालाई उद्धार गरेर एउटा जहाज पल्माबाट २५० किलोमिटर टाढा पेम्बा बन्दरगाह पुगिसकेको छ । उद्धार कार्यमा प्रयोग गरिएका अन्य साना जहाजहरू पनि पेम्बाका लागि प्रस्थान गरिसकेको खबर छ ।

गत बुधबार उक्त क्षेत्रमा इस्लामिक चरमपन्थी आक्रमण भएको थियो । प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार धेरै व्यक्तिहरू आक्रमणबाट जोगिन लुकेर बसेका थिए र सुरक्षाकर्मीहरूको प्रतीक्षा गरिरहेका थिए । ४ दिनदेखि एउटा होटलमा लुकेर बसेका ७ जनालाई भने आक्रमणकारीले मारेका छन् । यसैगरी समुद्री किनारमा केही व्यक्तिहरूको शव टाउको अलग भएको अवस्थामा फेला परेका थिए ।

इस्लामिक स्टेटसँग सम्बन्धित चरमपन्थी समूहले उत्तरी मोजाम्बिकमा सन् २०१७ देखि आक्रमण गर्दै आएको छ । उक्त समूहको आक्रमणबाट हालसम्म २ हजार ५०० जनाको मृत्यु भइसकेको र ७ लाख जना घर छाडेर भाग्न बाध्य भएको बीबीसीले जनाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…