Khabarpato logo

समाचार

बिमस्टेकको सचिवस्तरीय तयारी बैठक सम्पन्न : म्यान्मारको विषय ओझेलमा

खबरदाता

खबरदाता

बिमस्टेकको सचिवस्तरीय तयारी बैठक सम्पन्न : म्यान्मारको विषय ओझेलमा

बे अफ बङगाल इनिसिएटिव फर मल्टी-सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) को १७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक बिहिवार बस्दै छ । उक्त भर्चुअल बैठकको पूर्वसन्ध्यामा बुधबार सदस्य राष्ट्रका परराष्ट्र सचिवहरूको नेतृत्वमा वरिष्ठ अधिकारीहरुबीच तयारी बैठक सम्पन्न भएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र  श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठकमा नेपालको टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए । सचिव पौड्यालले  बैठकमा सन् २०१८ मा नेपालमा आयोजना गरिएको चौथो विमस्टेक शिखर सम्मेलन र त्यसपछिका अन्य उच्चस्तरीय बैठकहरुको निर्णयहरुको कार्यान्वयनमा भएको प्रगतिको समीक्षा  गर्दै विमस्टेक क्षेत्रका जनताको प्रगति र समृद्धिका लागि सदस्य राष्ट्रहरुबीच आपसी सहयोगको माध्यमबाट विमस्टेकलाई प्रभावकारी संगठन बनाउन ठोस प्रयास गर्न जोड दिएका थिए । 

उक्त सचिबस्तरीय बैठकमा विमस्टेकका विभिन्न कागजातहरु, चार्टर्ड, कनेक्टिभिटीको लागि मास्टर प्लान, सन् २०२० को बजेटमा संशोधन, सन् २०२१ का लागि बजेटको आंकलन जस्ता विषयमा छलफल भएको जनाइएको छ । हाल भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटान सम्मीलित सन् १९९७ देखि कृयाशिल उक्त क्षेत्रीय संगठनको पहिलो सम्मेलन सन् २००४ को जुलाईमा बैंककमा भएको थियो । प्रत्येक २ बर्षमा आयोजना गरिनुपर्ने उक्त शिखर सम्मेलन  सन् २०१८ मा नेपालमा आयोजना गरिएको चौथो शिखर सम्मेलनपछि कोभिड-१९ का कारण हुुुन सकेेको छैन ।

क्षेत्रीय बैठकले त्यो क्षेत्रका जल्दाबल्दा समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा सदस्य राष्ट्र म्यान्मारमा गत १ फेब्रुअरीमा सेनाले 'कू' गरी बलजफ्ती सत्ता हत्याएको मात्र होइन,  उक्त कदमको बिरोधमा भएको शान्तिपूर्ण जनप्रदर्शनमाथि व्यापक दमनसमेत गर्दै आएको विषय ओझेलमा पर्ने देखिएको छ । सेनाको उक्त कदमपछि भएको हिंसामा मंगलबारसम्ममा ५०० भदा बढी मारिइसकेका छन् । तर मन्त्रीस्तरीय आगामी बैैठको पूर्वसंध्यामा भएको सचिबस्तरीय बैठकमा नेपाललगायत कुनै सदस्य राष्ट्रका प्रतिनिधिले म्यान्मारको उल्लेखित विषय नउठाएको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि