Khabarpato logo

         

अर्थ/वाणिज्य

आजको नेप्से: उत्साह नबढी निराशा

खबरदाता

खबरदाता

आजको नेप्से: उत्साह नबढी निराशा

प्रि-ओपन सेसनमा नै अलटाइम हाई रेकर्ड बनाएको शेयर बजार परिसूचक नेप्से कारोबार खुल्नासाथ ओरालो लागेर पुनः फर्किएको छ । कारोबार सुरु हुनासाथ २६४५.५० अंकमा पुगेको नेप्से त्यसयता लगातार घटेर २६१७ अंकमा आइपुगेपछि पुन: दिनभर अस्थिर बन्दै २६३१.८९ अंकमा पुगेर बन्द भएको छ । 

बिहीबार उतारचढावका बीच ७ अर्ब २५ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । अघिल्लो दिन ६ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । 

इन्डेक्स बढेर हरियाली बनेसँगै सबइन्डेक्समा पनि हरियाली छाएको छ । सबैभन्दा धेरै वित्त समूहको सूचक १.९६ प्रतिशतले बढेको छ भने अन्य ८ वटा समूहको सूचक पनि बढेका छन् । लगानी, म्युचुअल फण्ड, होटल तथा टुरिजम र जीवन बीमा समूहको सूचक भने घटेको छ । 

बिहीबार ७ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज साञ्जेन जलविद्युत् कम्पनी, युनाइटेड फाइनान्स, किसान माइक्रोफाइनान्स, वोमी लघुवित्त, एनआईसी एसिया लघुवित्त, अजोड इन्स्योरेन्स र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

कारोबार रकमका आधारमा बिहीबार अपर तामाकोसी सर्वाधिक कारोबार हुने कम्पनीमा परेको छ । तामाकोसीको २९ करोड ५६ लाख ३५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी आज एचआईडीसीएल, अपी पावर र नेपाल पुनर्बीमा कम्पनी पनि सर्वाधिक कारोबार हुनेमा परेका छन् । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…