Khabarpato logo

         

अर्थ/वाणिज्य

नेप्से हालसम्मकै उच्च बिन्दुमा, लगानीकर्तामा बढ्यो उत्साह

खबरदाता

खबरदाता

नेप्से हालसम्मकै उच्च बिन्दुमा, लगानीकर्तामा बढ्यो उत्साह

आज नेप्सेले उच्च भोल्यूमसहित नयाँ 'अलटाइम हाइ रेकर्ड' बनाएको छ । आज नेप्से परिसूचक २५.७१ अंक बढेर २६५७.६१ विन्दुमा पुगेको हो ।

यो विन्दु हालसम्मकै उच्च बन्द विन्दु हो । यसअघि नेप्सेले गत ९ फागुनमा 'अलटाइम हाइ रेकर्ड' बनाएको थियो । सो दिन नेप्से २६४०.३५ विन्दुमा बन्द भएको थियो ।

नेप्सेको वृद्धिलाई आज कारोबार रकमले पनि साथ दिएको थियो । कारोबार रकमसहितको परिसूचक वृद्धिलाई बलियो वृद्धिको रूपमा लिने गरिन्छ ।

आज सेन्सेटिभ इन्डेक्स ४.३३ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३८ अंक बढेको छ । आइतबार नेप्सेमा २१२ वटा कम्पनीको ८९ हजार ८६० पटकको कारोबारमा ९ अर्ब ६८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज ७ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, एनआईसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

आज साल्ट ट्रेडिङ कर्पोरेसनको शेयर मूल्य भने सर्वाधिक ४.६३ प्रतिशत घटेको छ । सर्पोट माइक्रोफाइनान्स र एचआईडीसीएलको शेयर मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

आइतबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ वटा उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९७ प्रतिशत बढेको छ । त्यसैगरी वित्त उपसमूहको ३.६६ प्रतिशत, अन्यको ३.४१ प्रतिशत र जलविद्युतको १.५ प्रतिशत बढेको छ ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक ४.३९ प्रतिशत घटेको छ भने लगानी उपसमूहको २.४६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ४६ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी अपर तामाकोसी, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रुडेन्सियल इस्न्योरेन्स, नेपाल बैंक र एनएलजी इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…